लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि राहत सामग्री वितरण

वित्त बजार

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि राहत सामग्री वितरण

न्युज बिहानी
न्युज बिहानी
Shares
प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि राहत सामग्री वितरण

रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले भाद्र २५ गतेका दिन प्रभु बैंक लिमिटेडद्धारा थप सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ्ग व्याग राहत सामग्री सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय,  नुवाकोटलाई उपलब्ध गराएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा बैकले उपलब्ध गराएको राहत सामग्री प्रभु बैक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक श्री दिपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गर्नुभयो । यसअघि पनि बैंकको तर्फबाट नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  रु. २,११,११,१११ (अक्षरेपी दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ मात्र) को चेक हस्तान्तरण गरिएको थियो ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक लि. परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्क विहिन व्यक्तिहरुको उद्धार तथा घाइतेहरुको  शीघ्र स्वास्थ लाभको कामना गर्दै प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछौै । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup