लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ र्ट्याकिङ प्रणाली सुरु

वित्त बजार

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ र्ट्याकिङ प्रणाली सुरु

यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूणर् प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ र्ट्याकिङ प्रणाली सुरु

एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूणर् उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन (Online Loan Application) तथा र्ट्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।

नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा Device बाट सजिलै कर्जाको लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ’रियल–टाइम’ मा र्ट्याक गर्न सक्नेछन् । यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूणर् प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ ।

अनलाइन कर्जा आवेदन दिने सहज तरिका 
- digi.nmb.com.np  मा लग–इन गर्नुहोस् ।
-  Loan Services मा गई Explore Products  मा क्लिक गर्नुहोस् ।
- आफुलाई चाहिएको कर्जा शीषर्क छनोट गरी आवश्यक विवरणहरू भर्नुहोस् ।
- फारम बुझाउनासाथ तुरुन्तै Online Loan Tracking ID  प्राप्त हुनेछ ।
- उक्त र्ट्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति (Status) सोझै हेर्नुहोस् ।

नेपालमा आधुनिक तथा कागजरहित (Paperless)  बैंकिङ सेवा प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको हो । सम्पूणर् कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्न एनएमबि बैंक प्रतिबद्ध रहेको छ । एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।