लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

वित्त बजार

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंक लि.ले ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । मनाङ जिल्लामा निर्माण भईरहेको दुध खोला जलविद्युत आयोजना,दुध खोला हाइड्रो पावर कम्पनी प्रा. लि. द्घारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो । दुध खोला हाइड्रो पावर कम्पनी प्रा. लि. को प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल लि. तथा श्री सीताराम तिमिल्सिनाको समूह रहेको छ । 

यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंक को रुपमा रहेको छ भने सानिमा बैंक लिमिटेड सह—अगुवा बैंकको रुपमा रहेको छ । ६५ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु. १२ अर्ब ९० करोड रहेको छ जसमध्ये बैकहरुको ऋण लगानी रु. ९ अर्ब ६७ करोड रहनेछ । एनएमबि बैंक लि.ले ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । 

एनएमबि बैंक लि. को तर्फबाट सहायक महाप्रबन्धक श्री दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष श्री अरुण के.सी.ले ऋण सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । नेपाल राष्ट्र बैंकद्धारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन सम्बन्धी निर्देशिका, २०२२ अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्याङ्कनका आधारमा जिम्मेवार लगानी सुनिस्चित गर्दै आएको छ । 

अन्तराष्ट्रिय असल अभ्यासहरुको अवलम्बन गर्ने क्रममा यस आयोजना Hydropower Sustainability Alliance (HSA) द्घारा विकसित (Hydroselect Tool)  प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षहरुको अध्ययन तथा मूल्याङ्कन गरिएको थियो । एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।