लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

खेलकुद

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

न्युज बिहानी
न्युज बिहानी
Shares
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ, १५ भदौ : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै जित हासिल गरेको हो । बहराइनले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको नेपालले २१ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पूरा ग¥यो । 

नेपालको लागि अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए । उनले ५८ बलमा पाँच चौका प्रहार गर्दै ३६ रन बनाएका हुन । त्यस्तै रोहितकुमार पौडेलले अविजित १९ तथा आसिफ शेखले १८ रन जोडे । देव खनालले १० रन बनाए । बलिङतर्फ बहराइनका इमरान जाभेद अनवारले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सवै विकेट गुमाउदै ८७ रनमा समेटिएको थियो । 

बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।बहराइनलाई ८७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिदा करण केसीले २ विकेट हात पारे । नेपालले आफनो दोस्रो खेल यही भदौ १८ गते मलेसियासँग खेल्नेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Logo
Ad ends in 15s
gov