लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एभरेस्ट बैंकद्वारा लाभांश घोषणा

वित्त बजार

एभरेस्ट बैंकद्वारा लाभांश घोषणा

न्युज बिहानी
न्युज बिहानी
Shares
एभरेस्ट बैंकद्वारा लाभांश घोषणा

एभरेस्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरूका लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकको भदौ ११ गते बिहीबार  बसेको सञ्चालक समितिको ४०२ औं बैठकले लाभांश वितरण गर्ने सम्बन्धी निर्णय गरेको हो।
 
बैंकले हाल कायम चुक्ता पूँजी रु. १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँको आधारमा ५ प्रतिशत (रु. ६८ करोड ६० लाख ६८ हजार ७९६) बोनस सेयर र १० प्रतिशत (रु. १ अर्ब ३७ करोड २१ लाख ३७ हजार ५९२) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरूमा वितरण गरिनेछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।