गुल्मी, ४ भदौः मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित घरधनीहरूले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन् । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सडक विस्तारका क्रममा प्रभावित क्षेत्रका घरधनीलाई रु १० करोड ३६ लाख ७१ हजार ४५९ क्षतिपूर्तिबापतको रकम उपलब्ध गराएको छ ।
मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको मूल्याङ्कनका आधारमा उक्त रकम सम्बन्धित घरधनीहरूको बैंक खातामा उपलब्ध गराएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर एवं सूचना अधिकारी प्रभात तिवारीले जानकारी दिनुभयो । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–भेँडुवा सडकखण्डका १३८ जना र रिडी–खर्ज्याङ सडकखण्डका ४६ जना घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्