लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

दोब्बरभन्दा बढी बढ्यो सिटिजन लाइफको नाफा, बीमा शुल्क र जीवन बीमा कोषमा पनि बलियो वृद्धि

कर्पोरेट

दोब्बरभन्दा बढी बढ्यो सिटिजन लाइफको नाफा, बीमा शुल्क र जीवन बीमा कोषमा पनि बलियो वृद्धि

एक वर्षमै नाफा दोब्बरभन्दा बढी बढ्नु कम्पनीको वित्तीय प्रदर्शनमा आएको महत्वपूर्ण सुधारका रूपमा देखिएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
दोब्बरभन्दा बढी बढ्यो  सिटिजन लाइफको नाफा, बीमा शुल्क र जीवन बीमा कोषमा पनि बलियो वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १०६.६३ प्रतिशतले बढेर ३९ करोड ८० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद नाफा १८ करोड ९१ लाख रुपैयाँ थियो। एक वर्षमै नाफा दोब्बरभन्दा बढी बढ्नु कम्पनीको वित्तीय प्रदर्शनमा आएको महत्वपूर्ण सुधारका रूपमा देखिएको छ।

बीमाशुल्क आर्जनमा वृद्धि
कम्पनीले कुल ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो बीमाशुल्क ७ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ थियो। कुल बीमाशुल्क आर्जन २४.१९ प्रतिशतले बढेको हो। त्यस्तै, पुनर्बीमापछि कम्पनीको खुद बीमाशुल्क आर्जन ८ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ७ अर्ब १३ करोड २१ लाख रुपैयाँ रहेको खुद बीमाशुल्क २५.८७ प्रतिशतले बढेको हो।

कम्पनीको बीमा व्यवसाय विस्तारसँगै जीवन बीमा कोष पनि उल्लेख्य रूपमा बढेको छ।  जीवन बीमा कोष २७ अर्ब २ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कोष १९ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ थियो। एक वर्षमा जीवन बीमा कोष ३६.१२ प्रतिशतले वृद्धि भएको छ।

दाबी भुक्तानी सुधार
सिटिजन लाइफको कुल दाबी बाँकी रकम १२ करोड ४८ लाख ४२ हजारबाट  घटेर १२ करोड २४ लाख ९७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको तुलनामा कुल दाबी बाँकी रकम १.८८ प्रतिशतले घटेको छ। यसले कम्पनीको दाबी व्यवस्थापनमा पनि केही सुधार भएको संकेत गर्छ। 

प्रतिसेयर आम्दानीमा  सुधार
नाफामा आएको तीव्र वृद्धिको प्रभाव कम्पनीको प्रतिसेयर आम्दानी (EPS) मा पनि देखिएको छ। कम्पनीको वार्षिकीकृत EPS ७.८२ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा EPS ३.७८ रुपैयाँ रहेको थियो। कम्पनीको EPS करिब दोब्बरभन्दा बढी बढेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.६० रुपैयाँ रहेको छ भने वित्तीय विवरणअनुसार P/E अनुपात ५५.६७ गुणा रहेको छ।

रिटेन्ड अर्निङमा दबाब
कम्पनीका अधिकांश सञ्चालन सूचकमा सुधार देखिए पनि इक्विटी संरचनामा भने मिश्रित देखिन्छ। कम्पनीको रिटेन्ड अर्निङ ४९ करोड ८३ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ १ अर्ब १५ करोड ५ लाख रुपैयाँ थियो। यसैगरी आकस्मिक कोष २६ करोड ९४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २३ करोड ३ लाख रुपैयाँ थियो भने यो १६.९६ प्रतिशत बढी हो। शेयर प्रिमियम ४४ करोड ९६ लाख रुपैयाँमै स्थिर रहेको छ भने अन्य इक्विटी ३६ करोड २६ लाख रुपैयाँ कायम भएको छ। कम्पनीको चुक्ता शेयर पुँजी ५ अर्ब रुपैयाँ रहेको छ।

समग्रमा हेर्दा सिटिजन लाइफले आर्थिक वर्ष २०८२/८३ मा नाफा, कुल तथा खुद बीमाशुल्क आर्जन र जीवन बीमा कोष तीनै प्रमुख सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ। विशेषगरी नाफामा १०६.६३ प्रतिशतको वृद्धि र EPS मा भएको सुधारले कम्पनीको वित्तीय स्वास्थ्यमा सकारात्मक परिवर्तन देखाएको छ। 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
bajaj
Advertisement Ad ends in 15s
Bisup