विराटनगर, नेपाल। CG Electronics अन्तर्गत सञ्चालित CG Digital ले आफ्नो रिटेल नेटवर्क विस्तार गर्ने क्रममा विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुमको भव्य उद्घाटन समारोह सम्पन्न भएसँगै विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकहरूले विश्वस्तरीय ब्रान्डका गुणस्तरीय इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू एउटै छानामुनि खरिद गर्न सक्ने भएका छन्।
CG Digital विराटनगर शोरुमको ग्रान्ड ओपनिङ समारोहमा नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउत प्रमुख अतिथिका रूपमा उपस्थित भई रिबन काटेर शोरुमको औपचारिक उद्घाटन गर्नुभयो। उहाँको प्रमुख आतिथ्यमा सम्पन्न समारोहले पूर्वी नेपालमा आधुनिक इलेक्ट्रोनिक्स रिटेल सेवाको पहुँच विस्तार गर्ने तथा ग्राहकलाई गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवा प्रदान गर्ने CG Digital को प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।
नेपालकै अग्रणी मल्टिब्रान्ड इलेक्ट्रोनिक्स रिटेल नेटवर्कमध्ये एक CG Digital ले देशभर आफ्नो उपस्थिति विस्तार गर्दै आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र विश्वसनीय ग्राहक सेवामार्फत ग्राहकको जीवनशैलीलाई सहज बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ। हाल CG Electronics को रिटेल नेटवर्कअन्तर्गत देशभर २८ वटा शोरुम सञ्चालनमा रहेका छन्, जसमा २२ वटा CG Digital र ६ वटा LG Brand Shop समावेश छन्।
CG Digital का शोरुमहरूमा LG, CG, CG Meridia, TCL, Godrej, Midea, Crompton, Beko, Sensei, Kent, Elica, Black+Decker, Burly तथा Goodmans लगायतका प्रतिष्ठित ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन तथा अन्य घरायसी उपकरणहरू उपलब्ध छन्। साथै, Nothing, Motorola तथा Ai+ जस्ता मोबाइल ब्रान्डका उत्पादनहरू पनि ग्राहकले प्राप्त गर्न सक्नेछन्।
ग्रान्ड ओपनिङ तथा विजया दशमीको अवसरमा विशेष अफर
नयाँ शोरुमको भव्य शुभारम्भ तथा विजया दशमीको अवसरलाई थप विशेष बनाउन CG Digital ले ग्राहकहरूका लागि विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरूले विशेष छुट, पक्का उपहार तथा आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।
१. Spin & Win – तत्काल ३० प्रतिशतसम्म छुट
Spin & Win योजनामार्फत ग्राहकहरूले भाग्य आजमाउँदै तत्काल ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने अवसर पाउँछन्। यस योजनाले ग्राहकको किनमेल अनुभवलाई थप रोमाञ्चक र लाभदायी बनाएको छ।
२. Bumper Lucky Draw – मोबाइल फोन जित्ने अवसर
Bumper Lucky Draw अन्तर्गत ग्राहकहरूले मोबाइल फोन जित्ने अवसर प्राप्त गर्न सक्नेछन्। यस योजनामा पाँच जना भाग्यशाली विजेतालाई मोबाइल फोन प्रदान गरिनेछ।
३. Sure Shot Gift – प्रत्येक खरिदमा पक्का उपहार
ग्राहकको खुसीलाई प्राथमिकता दिँदै CG Digital ले Sure Shot Gift अन्तर्गत प्रत्येक खरिदमा पक्का उपहार उपलब्ध गराउने योजना ल्याएको छ। यसबाट ग्राहकहरूले आफ्ना मनपर्ने इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिद गर्दा थप लाभ प्राप्त गर्न सक्नेछन्।
४. ०% ब्याजदरमा EMI तथा Exchange सुविधा
ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै शून्य प्रतिशत ब्याजदरमा EMI सुविधा तथा पुराना इलेक्ट्रोनिक्स वा घरायसी उपकरण साटेर नयाँ उत्पादन खरिद गर्न सकिने Exchange सुविधा पनि उपलब्ध गराइएको छ। यसबाट ग्राहकहरूले आफ्ना आवश्यकता र बजेटअनुसार नयाँ उत्पादन खरिद गर्न थप सहजता अनुभव गर्न सक्नेछन्। उल्लेखित अफरहरू लागू हुने नियम तथा सर्तअनुसार उपलब्ध हुनेछन्।
ग्राहकको विश्वास र उत्कृष्ट सेवाप्रति प्रतिबद्धता
CG Digital ले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरू एउटै छानामुनि उपलब्ध गराउँदै ग्राहकलाई सहज, विश्वसनीय र गुणस्तरीय किनमेल अनुभव प्रदान गर्दै आएको छ। विराटनगरमा नयाँ शोरुम सञ्चालनमा आएसँगै कम्पनीले पूर्वी नेपालका ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउनुका साथै आधुनिक इलेक्ट्रोनिक्स तथा घरायसी प्रविधिको पहुँच विस्तार गर्ने अपेक्षा गरेको छ।
नयाँ शोरुमले विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकलाई आफ्ना आवश्यकता अनुरूपका उत्पादन छनोट गर्न, नवीनतम प्रविधिबारे जानकारी लिन र विभिन्न ब्रान्डका उत्पादनहरू एउटै स्थानबाट खरिद गर्न सहज वातावरण प्रदान गर्नेछ।
CG Digital – All Brands Under One Roof
CG Electronics — Touching Life Everyday
थप जानकारीका लागि:
CG Digital – विराटनगर शोरुम
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्