लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बाढी पीडितका लागि गायिका बेनिशा पौडेलद्वारा १ लाख सहयोग

कला सस्कृति

बाढी पीडितका लागि गायिका बेनिशा पौडेलद्वारा १ लाख सहयोग

न्युज बिहानी
न्युज बिहानी
Shares
बाढी पीडितका लागि गायिका बेनिशा पौडेलद्वारा १ लाख सहयोग

काठमाडौं । लोकप्रिय गायिका बेनिशा पौडेलले भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेकी हुन् । देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उनले विपद्मा परेका नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सहयोग गरेकी हुन् ।
 
सामाजिक सञ्जालमार्फत पौडेलले विपद्को यस कठिन परिस्थितिमा सबै नेपाली एकजुट भएर पीडितको साथमा उभिन आह्वान गरेकी छन् । उनले लेखेकी छन्, ‘गुमाएका अमूल्य जीवन फर्काउन त सक्दैनौँ, तर पीडामा रहेका दाजुभाइ–दिदीबहिनीको घाउमा मलम लगाउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा हातेमालो गर्न अवश्य सक्छौँ।’ पौडेलले विपद्को समयमा आफुले सकेको सहयोग गर्न सबैलाई आग्रहसमेत गरेकी छन् ।

उनको यो सहयोगले विपद्को समयमा कलाकार तथा सार्वजनिक व्यक्तित्वले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत तथा पुनःस्थापनाको अभियानमा योगदान दिन सम्पुर्णमा सकारात्मक सन्देश दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।