बिहिबार, १७ बैशाख २०८३
काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ। यो पहल वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको remittance लाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको हो। Remittance केवल आर्थिक मूल्य मात्र नभई त्याग, आकांक्षा र जिम्मेवारीको प्रतीक हो भन्ने बुझाइमा आधारित भएर सामसङले यो अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको छ। यस अभियानअन्तर्गत नेपालभरि रहेका remittance -आधारित परिवारहरूलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने विशेष अफरहरू प्रस्तुत गरिएको छ।
यस अभियान अन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्:
अफरहरू:
• स्मार्टफोन, सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६% सम्म cashback
• एनसेल रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा
• २४ महिनासम्मको EMI सुविधा
यी सुविधाहरूले परिवारहरूको मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउँदै सामसङका प्रिमियम तथा गुणस्तरीय उत्पादनहरूमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यो अभियानलाई IME Remit, Khalti, Ncell, HFL, HIM Electronics, and Triveni Byapar Limited जस्ता प्रमुख साझेदारहरूसँगको रणनीतिक सहकार्यले थप मजबुत बनाइएको छ। यसले देशभरिका ग्राहकहरूका लागि पहुँच, किफायतीपन र कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउने एकीकृत प्रणाली निर्माण गरेको छ।
अफर उपयोग गर्ने प्रक्रिया:
• IME Remit मार्फत Remittance प्राप्त गर्नुहोस्
• IME कन्ट्रोल नम्बर सहित स्टोरमा जानुहोस्
• इच्छित डिभाइस छनोट गरी HFL मार्फत ऋण आवेदन गर्नुहोस्
• सामसङ स्मार्टफोन खरिद गर्दा Ncell प्याक लिनुहोस् र बोनस प्राप्त गर्नुहोस्
• Khalti मार्फत योग्य cashback प्राप्त गर्नुहोस्
लन्चको अवसरमा स्यामसुङ नेपालका MX Business का Senior Director श्री प्रणय रत्न स्थापितले भन्नुभयो:“सामसङ हामी विश्वास गर्छौं कि remittance केवल आर्थिक सहयोग मात्र होइन—यो विदेशमा काम गर्ने लाखौं नेपालीहरूको आशा र आकांक्षाको प्रतिबिम्ब हो। हाम्रो ‘सपनादेखि सम्भावनासम्म’ अभियानमार्फत हामी उनीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूका परिवारका लागि नवप्रवर्तनात्मक प्रविधिलाई अझ पहुँचयोग्य बनाउन चाहन्छौं। यो पहलले किफायतीपन, नवप्रवर्तन र कनेक्टिभिटीमार्फत कठिन परिश्रमले कमाएको रेमिट्यान्सलाई अर्थपूर्ण प्रगतिमा रूपान्तरण गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।”“यो अफर IME Remit मार्फत कारोबार गर्ने रेमिटरहरू र उनीहरूका आश्रितहरूका लागि विशेष रूपमा उपलब्ध छ।”