आईतबार, १३ ब‌ैशाख २०८३

images

आईतबार, १३ ब‌ैशाख २०८३

आईतबार, १३ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सुकुम्वासी बस्ती हटाउन ऐतिहासिक सफलता

काठमाडौं । थापाथली, शान्तिनगर र गैरीगाउँमा बसेका भनिएका सुकुम्वासीमध्ये ९२ प्रतिशत घरधुरीवाला ‘हुकुमवासी’ भएको पुष्टि भएको छ । सरकारले काठमाडौं महानगरपालिकासँगको समन्वयमा ‘हुकुमवासी’सहित काठमाडौं र भक्तपुर सिमानास्थित मनोहर खोलाकिनार रहेका सुकुम्वासी बस्तीमा डोजर चलाएर हटाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्यांकअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३ घरधुरीको बसोबास छ । ती सबै स्थानमा महानगरपालिकासँगको समन्वयमा प्रहरीले डोजर लगाएर खाली गराएको छ । सरकारले वास्तविक सुकुम्वासी पहिचान गर्न दशरथ रंगशालामामा सम्पर्क कार्यालय स्थापना गरेर प्रमाणीकरणको काम गरिरहेको छ ।

भत्काइएका तीन स्थानमा ७८१ घरधुरी थिए । तीमध्ये शनिबार साँझ साढे ६ बजेसम्म महानगरको सम्पर्कमा जम्मा ६८ परिवारका १४१ जनामात्र सम्पर्कमा आएका छन् । सरकारसँग सम्पर्कमा आएका विस्थापितको तथ्यांकअनुसार तीन स्थानमा बसोबास गरेकामध्ये ८ प्रतिशत हाराहारीमात्र वास्तविक सुकुम्वासी देखिएका छन् ।‘यसमा अन्तिम स्क्रिनिङमा केही प्रतिशत बढ्ला, मनोहरालगायत बाँकी स्थानको तथ्यांक आएको छैन । त्यसबाहेक शनिबारसम्मको तथ्यांकमा १० प्रतिशतभन्दा बढी वास्तविक भेटिएलान्जस्तो लागेन,’ रंगशालामा स्क्रिनिङ गरी होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने कार्यमा संलग्न एक कर्मचारीले शनिबार राति राजधानीसँग भने । बाँकी आआफ्नो व्यवस्थापन गरेर बस्ती छाडेर हिँडिसकेका छन् ।

महानगर र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहका अनुसार सम्पर्कमा आएकालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग टोलमा अस्थायी बसोबास प्रबन्ध मिलाइएको छ । १८ जनालाई भने आधारभूत स्वास्थ्य सेवासमेत प्रदान गरिएको छ । गोठाटारमा ७७ र मनोहरा टोलसमेतमा गरी काठमाडौं महानगर क्षेत्रभित्र ८७१ अनधिकृत घरधुरीको बसोबास छ ।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार शाहका अनुसार यीमध्ये वास्तविक सुकम्बासीलाई नागार्जु न नगरपालिका वडा नम्बर १ मा बनाइएको सरकारी अपार्टमेन्टमा १५ दिनभित्र स्थानान्तरण गरिने छ । आजको राजधानी दैनिकमा समाचार छ।