लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

Uber को रु. ५० लाख सहयोगसहित ‘Ride for Nepal’ अभियान सुरु

अटो टेक

Uber को रु. ५० लाख सहयोगसहित ‘Ride for Nepal’ अभियान सुरु

यात्रुले साविकअनुसारकै भाडा तिर्नेछन् र चालकले पनि साविकअनुसारकै रकम प्राप्त गर्नेछन्।

न्युज बिहानी
न्युज बिहानी
Shares
Uber को रु. ५० लाख सहयोगसहित ‘Ride for Nepal’ अभियान सुरु

नेपालका बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले Uber ले ‘Ride for Nepal’ अभियान सुरु गरेको छ। २१ सेप्टेम्बरदेखि २० अक्टोबर २०२६ सम्म सञ्चालन हुने यस अभियानमार्फत Uber ले आफ्नो मोबिलिटी नेटवर्कलाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोड्दै यात्रु तथा चालक दुवैलाई मानवीय सहयोगको अभियानमा सहभागी हुन आह्वान गरेको छ।

अभियानअन्तर्गत Uber ले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई रु. ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उक्त सहयोग आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापना सम्बन्धी कार्यमा उपयोग गरिनेछ। यसका साथै, अभियान अवधिभर Uber प्लेटफर्ममार्फत सम्पन्न हुने हरेक Uber Bike यात्राबापत रु. १० तथा हरेक Uber Cab यात्राबापत रु. २० Uber ले आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा योगदान गर्नेछ। 

यसरी अभियान अवधिमा जति धेरै यात्रा सम्पन्न हुन्छन्, बाढी प्रभावित समुदायका लागि हुने कुल सहयोग पनि त्यति नै बढ्दै जानेछ।‘Ride for Nepal’ अभियानले दैनिक यात्रालाई विपद् प्रभावित समुदायको राहत तथा पुनर्निर्माण प्रयाससँग जोड्ने उद्देश्य राखेको छ। यात्रुले Uber एपमार्फत राइड बुक गर्दा तथा चालकले यात्रा स्वीकार गरी सफलतापूर्वक सम्पन्न गर्दा प्रत्येक योग्य यात्रासँगै Uber को तर्फबाट राहत कोषमा थप योगदान जोडिनेछ।

यस अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा वा चालकले प्राप्त गर्ने आम्दानीमा कुनै परिवर्तन हुने छैन। यात्रुले साविकअनुसारकै भाडा तिर्नेछन् र चालकले पनि साविकअनुसारकै रकम प्राप्त गर्नेछन्। प्रत्येक योग्य सम्पन्न यात्राबापतको योगदान Uber ले आफ्नै तर्फबाट अतिरिक्त रूपमा प्रदान गर्नेछ। Uber का नेपालका लागि रणनीतिक साझेदार Taximandu का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसी ले विपद्को समयमा यात्रु र चालक दुवैको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताए। 

उनले भने, “‘Ride for Nepal’ केवल एउटा अभियान मात्र होइन, विपद्को समयमा हामी सबै एकजुट भएर सहयोग गर्ने अवसर हो। यात्रुले बुक गर्ने हरेक राइड र चालक साथीहरूले पूरा गर्ने हरेक यात्रासँगै राहतका लागि Uber को योगदान बढ्दै जानेछ। हाम्रो हरेक यात्रा बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा जोडिएको एउटा अर्थपूर्ण योगदान बनोस्।”त्यसैगरी, Akanksha Singh, Head of International Markets, Uber India and South Asia, ले नेपालको राहत तथा पुनर्स्थापना प्रयासका लागि सामूहिक सहयोग आवश्यक रहेको बताइन्। 

Uber आफूले सेवा प्रदान गर्ने समुदायको अभिन्न हिस्सा भएकाले कम्पनीको अटो जिम्मेवारी केवल मोबिलिटी सेवामा मात्र सीमित नरहेको उनले उल्लेख गरिन्। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य तथा आफ्नो प्लेटफर्म र स्रोतमार्फत बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा योगदान पुर्‍याउने उद्देश्य Uber ले राखेको उनको भनाइ छ।Uber ले सबै यात्रु तथा चालकलाई यस अभियानमा सहभागी भई बाढी प्रभावित समुदायको पुनर्निर्माणमा साथ दिन आग्रह गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup