लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपालगन्ज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना

अर्थतन्त्र

नेपालगन्ज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना

सेवा विस्तारपछि पश्चिम नेपाल भारतका प्रमुख व्यापारिक तथा धार्मिक सहरसँग रेलमार्फत प्रत्यक्ष जोडिने छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपालगन्ज रोडसम्म रेल विस्तार, व्यापार र पर्यटनमा नयाँ सम्भावना

साउन २७ गते । भारतको वाराणसीबाट सञ्चालन हुँदै आएको रेलसेवा नेपाल–भारत सीमाको रुपैडियास्थित नेपालगन्ज रोड स्टेसनसम्म विस्तार हुने भएपछि पश्चिम नेपालको व्यापार, पर्यटन तथा आवागमनमा नयाँ सम्भावना देखिएको छ ।भारतीय रेल मन्त्रालयले वाराणसी सिटी–गोरखपुर रेलसेवा रुपैडियास्थित नेपालगन्ज रोड स्टेसनसम्म विस्तार गर्ने निर्णय गरेसँगै नेपालगन्जसहित बाँके, बर्दिया तथा पश्चिम नेपालका व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । सेवा विस्तारपछि पश्चिम नेपाल भारतका प्रमुख व्यापारिक तथा धार्मिक सहरसँग रेलमार्फत प्रत्यक्ष जोडिने छ ।

भारतीय रेल विभागले सार्वजनिक गरेको विवरण अनुसार १५१३२ वाराणसी सिटी–नेपालगन्ज रोड एक्सप्रेस र १५१३१ नेपालगन्ज रोड–वाराणसी सिटी एक्सप्रेस नियमित सञ्चालनमा आउने छन् । यसबाट भारतका ठुला व्यापारिक सहर तथा प्रमुख बजारसम्म पश्चिम नेपालका नागरिकको पहुँच सहज हुने अपेक्षा गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले रेलसेवा विस्तारले नेपालगन्जको व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँका अनुसार नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र भएकाले भारतसँगको व्यापारिक पहुँच विस्तार हुनुका साथै होटेल, यातायात, गोदाम, खुद्रा व्यापार र अन्य सेवाक्षेत्रमा समेत गतिविधि बढ्ने सम्भावना छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले भारतका प्रमुख बन्दरगाह तथा व्यापारिक केन्द्रबाट सीमावर्ती क्षेत्रसम्म मालसामान ल्याउनसमेत रेलसेवा उपयोगी हुन सक्ने बताउनुभयो । उहाँले व्यापारिक वस्तुको ढुवानी सहज भए सीमावर्ती बजारको आर्थिक गतिविधि थप विस्तार हुने अपेक्षा गर्नुभयो ।रुपैडियास्थित उत्तरप्रदेश उद्योग व्यापार मण्डलका अध्यक्ष शैलेश जयसवालले रेलसेवा विस्तारबाट सीमावर्ती नेपाल र भारत दुवैतर्फका उद्योगी, व्यवसायी तथा सर्वसाधारण लाभान्वित हुने बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ। 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।