लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

अर्थतन्त्र

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय

न्युज बिहानी
न्युज बिहानी
Shares
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु  :  कृषि विकास कार्यालय

धादिङ, १० कात्तिकः कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर मात्र धान काट्न तथा भित्र्याउन कृषकलाई आग्रह गरेको छ । कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख छ । वर्षाबाट धानबालीमा क्षति हुन नदिन विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

पाकिसकेको धान मौसमको अवस्था हेरेर आजसम्म भित्र्याइसक्न वा कात्तिक १५ गतेपछि मात्र काट्न कार्यालयले सुझाएको छ । तत्काल भित्र्याउन नसकिने धान भने मौसममा सुधार आएपछि मात्र काट्ने गरी समय मिलाउन कृषकलाई आग्रह गरिएको छ ।

धान नपाकेका खेतमा कुलो वा नाली काटेर तत्काल पानी निकासको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ । हावाहुरी वा पानीका कारण धान ढलेको भए बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा अग्लो ठाउँमा राख्ने प्रयास गर्न कार्यालयले कृषकलाई आग्रह गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup