काठमाडौँ, ९ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा उहाँले अम्पायरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु भएको छ । उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीचको खेल सुरु भइसकेको छ ।प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्