लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

पृथ्वी राजमार्गको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालन गरिन्छ : प्रधानमन्त्री

राजनीति

पृथ्वी राजमार्गको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालन गरिन्छ : प्रधानमन्त्री

न्युज बिहानी
न्युज बिहानी
Shares
पृथ्वी राजमार्गको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालन गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ, १७ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिर खण्डसडक यही महिनाभित्रै सञ्चालनमा ल्याइने बताउनुभएको छ ।प्रधानमन्त्री शाहले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुगलिङ–नौबिसे खण्डमा पर्ने पृथ्वीराजमार्गको कृष्णभिरमा पहिरोका कारण अवरुद्ध भएको सो सडक यही महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिनुभएको हो ।

त्रिशूली नदीको कटानका कारण सडक भासिँदा कृष्णभिरमा पहिरो खसेपछि सडक अवरुद्ध छ । सो सडकखण्ड सञ्चालनमा ल्याउन महिनौँ लाग्नसक्ने समाचारहरू आइरहेका अवस्थामा प्रधानमन्त्री शाहले आज सो जानकारी गराउनुभएको हो ।
   
प्रधानमन्त्री शाहले पहिरो पञ्छाएर र सडक पुनर्निर्माण गरेर यही महिनाभित्रै सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले आज संसद्लाई भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट रसुवा, नुवाकोट र धादिङमा भएको अकल्पनीय क्षतिका बारेमा पनि जानकारी गराउनुभएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup