एनएमबि बैंक लिमिटेडले नाइमा (NAIMA) अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारी साधन (NEW EV) का लागि आधार दर + ०.५% (BASE RATE +.0५ बाट सुरु), को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको छ । वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकले यो आकषर्क र किफायती इभी कर्जा योजना सुरु गरेको हो ।
अत्यन्तै सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो सीमित अवधिको कर्जा सुविधा नयाँ ईभी खरिदकर्ताहरूका लागि उपलब्ध छ । इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नुहुनेछ ।एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्