नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले २०८३ साउन २६ देखि ३१ गते -११–१६ अगस्ट २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको NAIMA Nepal Mobility Expo 2026 – Nepal’s Largest Auto Expo को सम्पूर्ण तयारी पूरा भएको छ ।
अटो सो २०८३ साउन २६ गते (११ अगस्ट २०२६) बिहान ९:०० बजे नेपाल प्रहरी क्लबस्थित Blue Pavilion Auditorium Hall मा उद्घाटन हुनेछ ।
उद्घाटन सत्रमा नेपाल सरकारका विशिष्ट पदाधिकारीहरु, विभिन्न कूटनीतिक नियोगका अधिकारीहरु, प्रतिष्ठित संघसंस्थाका पदाधिकारीहरु, नाइमाका सञ्चालक समितिका पदाधिकारी एवं सदस्य संस्थाहरु, नाइमा नेपाल प्रदर्शनी साझेदार संस्थाहरु, अटो क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरुलगायतको विशेष उपस्थिति रहनेछ ।एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा Learning Sessions, Policy Dialogues and Industry Interactions जस्ता कार्यक्रमहरु सञ्चालन हुनेछन् । नेपालकै सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्डहरूको सहभागिता रहनेछ ।
नाइमाका अध्यक्ष रितु सिंह वैद्यले NAIMA Nepal Mobility Expo 2026 नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था देखाउनेमात्र होइन, भविष्यको दिशा तय गर्ने एउटा महत्वपूर्ण मञ्च भएको बताइन् । 'एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको छ,' उनले भनिन्, 'यसपटकको एक्स्पोमा प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नवीनतम विकासलाई नेपाली उपभोक्तासमक्ष ल्याउँदैछौँ । उद्योग क्षेत्रको उत्साहपूर्ण सहभागिताले एक्स्पोप्रतिको विश्वास अझ बलियो बनाएको छ ।'
त्यस्तै एक्स्पोको अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले नाइमा बोर्ड तथा विभिन्न समितिहरूको नेतृत्व र मार्गदर्शनमा सचिवालयले सदस्य कम्पनी, प्रदर्शक, साझेदार, सरकारी निकाय तथा अन्य सरोकारवालासँग निरन्तर समन्वय गर्दै एक्स्पोको तयारीलाई अगाडि बढाइरहेको बताए ।'यसपटक प्रदर्शनीसँगै Learning Sessions, तालिम तथा जनचेतनामूलक कार्यक्रमहरूलाई पनि विशेष प्राथमिकता दिएका छौँ,' उनले भने, 'राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी र सरोकारवालालाई जोडेर ज्ञान आदानप्रदान, सीप विकास र सुरक्षित तथा जिम्मेवार मोबिलिटीप्रति जनचेतना अभिवृद्धि गर्ने हाम्रो उद्देश्य हो ।'
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमा नेपाल मोबिलिटी एक्स्पो प्रदर्शनी, सिकाइ र जनचेतनाको केन्द्रका रुपमा रहने बताए । 'मेला अवधिभर ६ दिन नै आयोजना हुने विभिन्न Learning Sessions, Policy Dialogues and Industry Interactions मा सहभागिताका लागि हामी सबैलाई हार्दिक अनुरोध गर्दछौँ,' उनले भने ।उद्घाटन समारोह सम्पन्न भएपश्चात् एक्स्पो उद्घाटनका दिन २०८३ साउन २६ गते (११ अगस्ट २०२६) दिउँसो १:०० बजेदेखि साँझ ७:०० बजेसम्म र बाँकी दिनहरूमा बिहान ११:०० बजेदेखि साँझ ७:०० बजेसम्म एक्स्पो खुला रहनेछ ।
मेलाको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रुपमा रहेको छ । त्यस्तै बैंकिङ पार्टनरका रुपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस -BOSCH_, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् ।
नाइमा मोबिलिटी एक्स्पोको को टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्