लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बाढीपीडितलाई दुगड ग्रुपको सहयोग : सय जनालाई रोजगारी र विद्यार्थीको शिक्षाको जिम्मा

अर्थतन्त्र

बाढीपीडितलाई दुगड ग्रुपको सहयोग : सय जनालाई रोजगारी र विद्यार्थीको शिक्षाको जिम्मा

न्युज बिहानी
न्युज बिहानी
Shares
बाढीपीडितलाई दुगड ग्रुपको सहयोग : सय जनालाई रोजगारी र विद्यार्थीको शिक्षाको जिम्मा

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सेन्चुरी ग्रुप (दुगड स्पाइसेस)ले दीर्घकालीन सहयोग गर्ने घोषणा गरेको छ। ग्रुपले तत्काल १०० जनालाई रोजगारी दिने तथा अभिभावक गुमाएका र आर्थिक रूपमा असहाय बालबालिकाको विद्यालय तहको शिक्षाको जिम्मेवारी लिने जनाएको हो। यसअघि ग्रुपका अध्यक्ष तथा पूर्वमन्त्री मोती दुगड र उनको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ नगद तथा ५० लाख रुपैयाँ बराबरको खाद्यान्न र राहत सामग्री गरी कुल १ करोड १ लाख रुपैयाँ सहयोग गरिसकेको छ।

अब बाढी प्रभावितलाई दीर्घकालीन राहत पुग्ने गरी ग्रुपअन्तर्गतका विभिन्न उद्योग तथा कार्यालयमा रोजगारी उपलब्ध गराइने दुगडले बताए। रोजगारीका लागि वास्तविक आवश्यकता भएका प्रभावितलाई प्राथमिकता दिइने उनको भनाइ छ।दुगडले प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर स्थानीयसँग जानकारी लिएपछि रोजगारी र शिक्षासम्बन्धी कार्यक्रम कार्यान्वयन गरिने बताए।उनले बाढीबाट नेपाली परिवारले ठूलो क्षति व्यहोरेको भन्दै राज्यसँगै निजी क्षेत्र, उद्योगी–व्यवसायी र आम नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup