लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

अटो टेक

भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

ग्राहकवर्गको इच्छा र अपेक्षा पूरा गर्नु नै हाम्रो लक्ष्य रहेको र सोही अनुरुपको सेवा, सुविधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।´

न्युज बिहानी
न्युज बिहानी
Shares
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

नेपालको लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि. ले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। भेस्पा, अप्रिलिया प्रति बढ्दै गएको युवापुस्ताको रुचि र ग्राहकवर्गको सहजतालाई मध्यनजर गर्दै धनगढीमा नयाँ शोरुम खोलिएको कम्पनीले जनाएको छ। यहि २०८३ असोज ९ गते विशेष कार्यक्रम बीच शोरुम उद्घाटन भएको हो। 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डेल्टा अटोकर्प प्रा.लि. का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत श्री विजय कुमार महतोले भन्नुभयो कि` युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा, अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने हाम्रो योजना अनुरुप आज धनगढीमा नयाँ शोरुम उद्घाटन गर्न पाउदा हामी अत्यन्तै उत्साहित छौं। यस शोरुमबाट अबको दिनमा अन्य शोरुमबाट झैं सेवा, सुविधा प्रदान गर्नेछ। ग्राहकवर्गको इच्छा र अपेक्षा पूरा गर्नु नै हाम्रो लक्ष्य रहेको र सोही अनुरुपको सेवा, सुविधा बिस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।´ 

कम्पनीले देशैभर शोरुम र आधिकारिक सर्भिस सेन्टरको सुविधा बढाउँदै आइरहेको छ। धनगढी उप महानगरपालिका ४ स्थित वेस्टर्न म्याक नेपाल प्रा.लि. बाट अब नाडामा हालसालै लञ्च भएको नेपालकै पहिलो १७५ सिसीको, एकदमै पावरफुल, स्टाइलिस र बेस्ट पर्फर्मेन्सको  नयाँ अप्रिलिया एसआर १७५ र भेस्पाको अत्यन्तै आकर्षक लाइल्याक र ओरो गोल्डेनको  दुई नयाँ कलर सहित आफ्नो चाहना अनुरुपको मोडल तथा कलरमा भेस्पा तथा अप्रिलिया स्कुटर खरिद गर्न सकिनेछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup