लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

वाग्मती सफाइ अभियान जारी

समाचार

वाग्मती सफाइ अभियान जारी

न्युज बिहानी
न्युज बिहानी
Shares
वाग्मती सफाइ अभियान जारी

काठमाडौँ, ८ कात्तिक : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो गुह्येश्वरी मन्दिर अगाडि वाग्मती नदी एवं किनारमा शनिबार ७०२ औँ हप्ताको सफाइ गरिएको थियो । दसैँमा दुर्गा पूजाका लागि बनाइएको मूर्तिलाई नदीभित्र विसर्जन गर्दा भएको फोहरलाई शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिं शाहीले जानकारी दिनुभयो ।

नवदुर्गाको पूजा गरिएका मूर्तिहरुलाई किनारमा राखिएको छ । सो अवसरमा कुहिने फोहरलाई त्यहीँको वाग्मती किनारमा गाडिएको थियो । नकुहिने फोहर ट्रकमा राखी व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो । समाजसेवी टोस्टराज क्षेत्री, माथिल्लो वाग्मती सरसफाइ अभियानका ईश्वर पुडासैनी, कीर्तिपुर सुन्दरीघाट सरसफाइ अभियानका संयोजक चित्र सुनुवार, समाजसेवी लीलादेवी खतिवडा र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सरोज पौडेलको नेतृत्वमा कर्मचारी एवं वाग्मती अभियानकर्मीको सफाइमा सक्रिय सहभागिता थियो । अर्को हप्ताको वाग्मती सरसफाइ पनि यसै स्थानमा गरिने जनाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup