लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

शनिबार ४७० सवारीसाधन कारबाहीमा

समाचार

शनिबार ४७० सवारीसाधन कारबाहीमा

न्युज बिहानी
न्युज बिहानी
Shares
शनिबार ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ, ८ कात्तिकः काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो ।

 यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ११५, हर्न बजाएर सवारीसाधन चलाउने नौ, लेन अनुशासन पालन नगर्ने दुई, ‘वान वे’ मा सवारी चलाउने सात र अन्य कसुरमा १६१ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले दसैँको समयमा सवारी नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup