लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भोटेकोशी बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन सांसदको माग

राजनीति

भोटेकोशी बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन सांसदको माग

प्रभावितलाई रोजगारी र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
भोटेकोशी बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन सांसदको माग

काठमाडौँ, २४ भदौः राष्ट्रियसभाका सांसदहरूले भोटेकोशी बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन तथा प्रभावितलाई रोजगारी र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
 
सांसद मोहम्मद खालिदले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।  प्रभावित नागरिकका लागि रोजगारीको व्यवस्था तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आवश्यक रहेको उहाँको भनाइ छ ।
 
खालिदले मुलुकमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको उल्लेख गर्दै दैनिक करिब एक लाख सिलिन्डरको माग रहेकामा ३० हजार सिलिन्डर मात्र आपूर्ति भइरहेको बताउनुभयो । दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढिरहेको भन्दै बजार व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने उहाँले जोड दिनुभयो ।
 
सांसद तुलप्रसाद विश्वकर्माले रसुवा बाढीपीडितलाई समयमै राहत उपलब्ध गराउन तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो । बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले प्रभावितको स्वास्थ्य परीक्षण तथा उपचारको उचित व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
 
सांसद ललितजङ्ग शाहीले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण उत्पन्न भएको भन्दै जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य रहे पनि त्यसको असर नेपालले ठूलो मात्रामा भोग्नुपरेको बताउनुभयो । “जलवायुजन्य विपद्बाट भएको क्षतिका लागि धनी मुलुकले क्षतिपूर्ति दिनुपर्ने र हानि तथा नोक्सानी कोषबाट नेपाललाई पर्याप्त रकम उपलब्ध गराउनुपर्छ,” उहाँले भन्नुभयो ।
 
सांसद रेणु चन्दले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा केन्द्र र स्थानीय सरकारबीच पर्याप्त समन्वय हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।  जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई पर्याप्त स्रोत, साधन र अधिकार दिनुपर्ने उहाँको भनाइ छ ।

“प्रदेश सरकारले तुइन निर्माणलगायतका माध्यमबाट समेत प्रभावित क्षेत्रमा सहयोग गरेको छ,” उहाँले भन्नुभयो, “होल्डिङ सेन्टरमा रहेका विस्थापितलाई लामो समयसम्म राखिराख्नुको सट्टा उचित स्थानमा व्यवस्थापन गर्नुपर्छ ।  गर्भवती महिला, बालबालिका, अशक्त तथा बिरामीको विशेष हेरचाहको व्यवस्था हुनुपर्छ ।”
 
सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय सङ्कटको समयमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभयो । विपद् प्रभावितको उद्धार तथा सहयोगका लागि राज्यका सबै निकाय र नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

सांसद गीता देवकोटाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समयमा उद्धार हुन नसक्दा धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताउनुभयो । विपद्बाट विस्थापित नागरिकलाई समयमै उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने तथा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
 
राहत वितरण वैज्ञानिक र आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिँदै उहाँले तत्काल विपद् प्रतिरोधी संरचना निर्माण गर्न, प्रभावितका लागि पुनःस्थापनाको विशेष प्याकेज ल्याउन तथा विपद्बाट प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup