बुधबार, १३ साउन २०८३

images

बुधबार, १३ साउन २०८३

बुधबार, १३ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो

चितवन, १२ साउनः नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ । आज बिहान ८ः३० बजे खसेको पहिरो दिउँसो १ः१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो । दिउँसो २ः५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ । पहिरो खस्ने जोखिम अझै कायमै रहेको उहाँले जानकारी दिनुभयो ।

पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउने कार्य सुरु गरिएको उहाँले बताउनुभयो । चालीस मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको छ । यो सडक काठमाडौँको लाइफलाइनका रूपमा रहेको छ । यस सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।