शनिवार, ९ साउन २०८३

images

शनिवार, ९ साउन २०८३

शनिवार, ९ साउन २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

कमजोर स्वास्थ्यका कारण बङ्गलादेशका राष्ट्रपतिद्वारा राजीनामा

बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शुक्रबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको छ । उहाँ पूर्वप्रधानमन्त्री शेख हसीनाका निकट सहयोगी मानिनुहुन्छ । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले एएफपीसँगको टेलिफोन कलमा आफूले राजीनामा दिएको पुष्टि गर्नुभएको छ । “हो, मैले राजीनामा दिएको छु,” सन् २०२८ मा आफ्नो कार्यकाल पूरा हुनुअघि नै राजीनामा दिने व्यापक अडकलका बारेमा सोध्दा राष्ट्रपति शहाबुद्दिनले आफूले राजिनामा दिइसकेको बताउनुभयो तर उहाँले थप विवरण भने दिनुभएन ।

एएफपीलाई प्राप्त संसद् अध्यक्षलाई लेखिएको राजीनामा पत्रमा राष्ट्रपति शहाबुद्दिनले राजिनामा दिनुको कारण आफ्नो बिग्रँदै गएको स्वास्थ्य अवस्था भएको उल्लेख गर्नुभएको छ । “शारीरिक र मानसिक क्षमतामा आएको गम्भीर ह्रासका कारण राष्ट्रपति जस्तो महत्वपूर्ण संवैधानिक पदको जिम्मेवारी ठीकसँग वहन गर्न अब सम्भव छैन,” पत्रमा उल्लेख छ। ‘चुप्पु’ भनेर चिनिने ७६ वर्षीय राष्ट्रपति शहाबुद्दिन सन् २०२३ मा शेख हसीनाको अवामी लिगको समर्थनमा संसद्को बहुमतबाट राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।

सन् २०२४ मा विद्यार्थी विद्रोहले पूर्व शासक हसीनालाई सत्ताबाट हटाएपछि राष्ट्रपतिलाई पनि हटाउनुपर्ने माग बढेको थियो । शहाबुद्दिनमाथि गत मे महिनामा लन्डनमा उपचार गराइरहेका बेला शेख हसीनासँग फोनमा कुराकानी गरेको आरोप लागेको थियो, जसलाई उहाँले अस्वीकार गर्नुभएको छ । सत्तारूढ बङ्गलादेश नेशनलिस्ट पार्टीका गृहमन्त्री सलाहुद्दिन अहमेदले बिहीबार सरकारलाई राष्ट्रपतिले राजीनामा दिएको बारे कुनै जानकारी नभएको बताउनुभएको थियो । “उहाँले राजीनामा दिन चाहेमा संविधानअनुसार संसद् अध्यक्षलाई राजीनामा पत्र बुझाउनुपर्छ,” उहाँले पत्रकारहरूसँगको कुराकानीमाम भन्नुभएको थियो ।