सोमबार, १४ ब‌ैशाख २०८३

images

सोमबार, १४ ब‌ैशाख २०८३

सोमबार, १४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

नाडाले गर्यो भन्सार विभागसंग एमआरपी सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

काठमाडौँ। आज  बैशाख १४ गते नाडाको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसंग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ।  सो छलफलको क्रममा नाडा प्रतिनिधिहरुले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ल्याएको सो व्यवस्था कार्यान्वयनमा ल्याउन विगतको समय देखि नाडाले विभागलाई अनुरोध गर्दै आएको सन्दर्भमा चारपाँगे्र तथा दुई पाँगे्र सवारी साधनहरुको लागि कुनै समस्या नभए पनि एउटै बक्स भित्र सयौको संख्यामा आउने अटोमोवाइल स्पेयर पार्टसहरुको हकमा भने समस्या रहेको बताउनु भयो। 

त्यसैगरी भन्सारमा वण्डेड वेयरहाउस समेतको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डभित्रै अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्नु पर्ने व्यवस्था व्यावहारिक नभएको बताउनु भयो। नाडा प्रतिनिधि मण्डलसंगको उक्त छलफलमा महानिर्देशक भण्डारीले सवै किसिमका अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनमा ल्याउन चुनौती रहेको बताउनु हुदै विभागले व्यापारमा सहजीकरण र राजश्व बृद्धिमा ध्यान दिदै आएको बताउनु भयो। 

सोही छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले हालै वीरगञ्ज भन्सार कार्यालयले भन्सार यार्डमा रहि रहेका सवारी साधनहरु तोकिएको समयसीमा भित्र जाँचपासगरी लैजान सूचना जारी गरेको सम्बन्धमा जिज्ञाशा राख्नु भएकोमा महानिर्देशक भण्डारीले सो सूचना कानूनमा भएको व्यवस्था अनुसार जारी गरिएको हुनाले नाडाका सम्बन्धित सवारी साधन पैठारीकर्ताहरुलाई तोकिएकै समयमा ती सवारी साधनहरुको भन्सार जाँचपासगरी सहजीकण गरी दिन आग्रह समेत गर्नु भयो। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति २०८२÷१२÷३० गते जारी गरेको प्रेश विज्ञप्ति मार्फत विदेशबाट पैठारी गरी नेपालमा विक्री वितरण गरिने सम्पूर्ण बस्तुहरुको अनिवार्य रुपमा अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख गर्नु पर्ने साथै वस्तु विक्री गर्दा अनिवार्य रुपमा विल विजक जारी गर्नु पर्ने व्यवस्थाका सम्बन्धमा उक्त छलफल केन्द्रीत रहेको थियो। सो छलफल तथा भेटघाटमा नाडाका संस्थागत उपाध्यक्ष भद्र भण्डारी, उपाध्यक्ष अभिक ज्योति, सचिव मेघराज पौडेल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो ।