शुक्रबार, २५ ब‌ैशाख २०८३

images

शुक्रबार, २५ ब‌ैशाख २०८३

शुक्रबार, २५ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

पोखरा विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार, तत्कालीन अर्थमन्त्री कार्कीसहित १३ विरुद्ध मुद्दा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा सम्झौताविपरीत ठेकेदारसँग मिलेमतो गरेर तीन अर्ब ६२ करोड कर छुट दिई भ्रष्टाचार गरेको आरोपमा अख्तियारलेतत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमा एक बहालवाला सचिव, चार पूर्वसचिव र क्यानका तत्कालीन महानिर्देशक तथा ठेकेदारसमेत छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी यो तेस्रो मुद्दा हो ।

राष्ट्रसेवक पदाधिकारी, कर्मचारी र ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले आपसी मिलेमतो र योजना बनाएर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । विमानस्थल निर्माण गर्दा मूल सम्झौताको प्रावधानविपरीत कर, महसुल र अन्य शुल्कमा छुट दिई ठेकेदार कम्पनीलाई दोहोरो लाभ हुने गरी हिनामिना, हानि–नोक्सानी गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

‘नेपाल सरकारले ऋणस्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिमध्येबाट ३ अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ हिनामिना, हानि–नोक्सानी र दुरुपयोग गरे/गराएको पुष्टि हुन आएको’ अख्तियारको आरोपपत्रमा उल्लेख छ । कार्यान्वयन सम्झौता गर्ने/गराउने र नेपाल सरकारले प्राप्त गरेको ऋण सम्पत्तिबाट भुक्तानी लिने/दिने कार्यमा संलग्न राजनीतिक र प्रशासनिक पदाधिकारीसहित ठेकेदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।