शुक्रबार, २५ बैशाख २०८३
लिभप्योर ब्रान्डको आधिकारिक बिक्रेता, के एल दुगड ग्रुप अन्तर्गत कम्पनी स्मार्ट अप्लायन्सेस प्रा. लि. ले बिगत ३ वर्ष देखि लिभप्योर का एयर कुलरहरु बजारमा उपलब्ध गराउदै आएको छ। लिभप्योर एयर कुलर पर्सनल र डेजर्ट दुवै श्रेणीमा प्रभावकारी र किफायती शीतल समाधानका रूपमा उपलब्ध छन्। शक्तिशाली एयर डेलिभरी र लामो एयर थ्रो क्षमताले कोठाभरि समान रूपमा चिसो हावा पुर्याउँदै आरामदायी अनुभव प्रदान गर्छ।
एन्टी-ब्याक्टेरियल हनीकोम्ब प्याडले स्वच्छ र ताजा हावा सुनिश्चित गर्छ भने ठूलो पानी ट्याङ्की क्षमताले लामो समयसम्म निरन्तर शीतलता दिन्छ। पानीको स्तर सूचकले प्रयोगलाई अझ सहज बनाउँछ। कम विद्युतीय खपतका कारण लिभप्योर एयर कुलरहरू इन्भर्टरमा समेत सञ्चालन गर्न सकिन्छ। साथै, मोटर सुरक्षा र अन्य सुरक्षा सुविधाले सुरक्षित र भरपर्दो प्रयोग सुनिश्चित गर्दछ।
बहुदिशात्मक पाङ्ग्रा, सजिलो नियन्त्रण र कम्प्याक्ट डिजाइनका कारण यी कुलरहरू घर तथा कार्यालय दुवैका लागि उपयुक्त छन्। यस गर्मीमा लिभप्योर एयर कुलरको शक्तिशाली शीतलता, कम विद्युत खपत र अधिकतम आरामको अनुभव गर्नुहोस्।