सोमबार, १४ ब‌ैशाख २०८३

images

सोमबार, १४ ब‌ैशाख २०८३

सोमबार, १४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

सरकारको योजना : सुकुमवासीको दिगो व्यवस्थापन

काठमाडौँ, वैशाख १४ गते । सरकारले भूमिहीन सुकुमवासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न विस्तृत अध्ययन थालेको छ । नदी र खोलाकिनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गरिएपछि त्यहाँ आश्रित नागरिकलाई दीर्घकालीन बसोबासको व्यवस्था मिलाउने तयारी गरेको हो । 

काठमाडौँ, ललितपुर र भक्तपुरमा अव्यवस्थित तरिकाले बागमती नदीसहित अन्य खोलाकिनारमा गरिएको अतिक्रमण हटाउने अभियानसँगै त्यहाँबाट विस्थापित भएका नागरिकलाई अल्पकालीन आवासको प्रबन्ध गरिँदै छ । सहरी विकास मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले वास्तविक भूमिहीन नागरिकको पहिचान गरी नागार्जुन नगरपालिकास्थित इचङ्गुनारायणमा निर्मित एकीकृत आवास आयोजना भवनमा राखिने बताउनुभयो ।

उहाँका अनुसार इचङ्गुनारायणस्थित आवासीय भवनमा पाँच वटा ब्लक छन् । उहाँले भन्नुभयो, “उक्त भवन भूमिहीन एवं सुकुमवासीलाई राख्ने योजनासाथ निर्माण गरिएको हो । यो अवधिमा विभिन्न कारणले सुकुमवासीलाई त्यहाँ लगेर राख्न सकिएन । मानव सेवा आश्रमले प्रयोग गरिरहेको भवनको एउटा ब्लक अहिले पनि खाली छ, जसमा ४५ परिवार अट्न सक्छन् । त्यसलाई रङरोगन गर्दै छौँ । लगभग १०–१५ दिनमा तयार हुन्छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ।