शुक्रबार, ४ ब‌ैशाख २०८३

images

शुक्रबार, ४ ब‌ैशाख २०८३

शुक्रबार, ४ ब‌ैशाख २०८३

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×
images

संसद पुनर्स्थापनाका लागि कांग्रेसभित्र बढ्यो सक्रियता

प्रत्येकका लागि छुट्टाछुट्टै पृष्ठमा हस्ताक्षर र दायाँबायाँ औँठाछाप गराइएको एक सांसदले बताए । 

२१ फागुनको निर्वाचनका लागि जिल्ला–जिल्लाबाट उम्मेदवार सिफारिस गराइरहेको कांग्रेसभित्र संस्थापन पक्षकै नेताहरू प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिँदै जान थालेका छन् । विघटित संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले पुनर्स्थापनाका लागि निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन अभियानलाई तीव्रता दिएको छ । एमालेसहित संसद्को बहुमत सांसदको हस्ताक्षर जुटाउने तयारी कांग्रेसको छ । तर, महामन्त्री गगन थापा पक्षधर सांसदहरूले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । डा. शेखर कोइराला पक्षले पनि निर्वाचनको वातावरण नबनेको जनाउँदै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा आफूलाई उभ्याएको छ । स्रोतका अनुसार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले फोन गरेर निवर्तमान सांसदहरूलाई हस्ताक्षरका लागि सिंहदरबास्थित संसदीय दलको कार्यालयमा बोलाइरहेका छन् । प्रत्येकका लागि छुट्टाछुट्टै पृष्ठमा हस्ताक्षर र दायाँबायाँ औँठाछाप गराइएको एक सांसदले बताए । 

कांग्रेस सचेतक सुशीला थिङले संसद्को बहुमत पुर्‍याउने गरी हस्ताक्षर अभियान चलिरहेको बताइन् । ‘कांग्रेसमा बहुमतको हस्ताक्षर भइसक्यो, हामी संसद्कै बहुमत पुर्‍याउने गरी अघि बढेका छौँ । असंवैधानिक रूपमा विघटन भएको संसद् पुनर्स्थापना गर्नुको विकल्प छैन,’ उनले भनिन् ।संसद् पुनर्स्थापनाको पक्षमा कोइराला पक्ष पनि सहमत देखिएको छ । नेता कोइरालाले २१ फागुनमा तोकिएको निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको र संसद् पुनर्स्थापनाको सम्भावना बढ्दै गइरहेको बताएका थिए ।पार्टीले आधिकारिक निर्णय गरे आफूहरू हस्ताक्षर गरेर अगाडि बढ्ने निवर्तमान सांसद सञ्जय गौतमले बताए । ‘चुनावमै जानुपर्छ भन्ने मान्यता हो । तर, देश संसद् पुनर्स्थापनाको बाटोमा जान थालेको आभास भएको छ,’ गौतमले भने, ‘मैले अहिलेसम्म हस्ताक्षर त गरेको छैन । पार्टीले आधिकारिक निर्णय गर्‍यो भने सोच्नुपर्छ ।’

महामन्त्री थापा पक्षघर मानिने निवर्तमान सांसद प्रतिमा गौतमले हस्ताक्षरका लागि पटक–पटक आग्रह गरिए पनि आफूहरूले नगरेको बताइन् । ‘कांग्रेसले आधिकारिक र संस्थागत निर्णय गरेको छैन । साथीहरूले हस्ताक्षर गर्नुपर्छ भन्नुभएको थियो । तर, हामी हस्ताक्षर नगरौँ भन्नेमा छौैँ । हामी ताजा जनादेशमा जानुपर्छ भन्नेमै छौँ,’ उनले भनिन् । निवर्तमान सांसद चन्द्र भण्डारीले प्रतिनिधिसभा पुनर्स्थापना गरेर समस्या समाधानमा केन्द्रित हुनुपर्ने प्रतिक्रिया दिए । ‘संसद् पुनर्स्थापित गरेर समस्या समाधान गर्ने गरी अगाडि बढ्नुपर्छ । अहिले चुनाव भए व्यक्ति परिवर्तन होला, तर प्रवृत्ति उस्तै रहन्छ । त्यसैले संसद् पुनर्स्थापना हुनुपर्छ, बरु सरकार यही रहे पनि हुन्छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।