लोड हुँदै...
लोड हुँदै...
stc
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

न्युज बिहानी
न्युज बिहानी
Shares
शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १४ साउनः प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरुले सुनसरी घटनालाई सहज रुपमा समाधान गरी समाजमा सद्भाव कायम राख्नका लागि सम्बद्ध सबैले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँहरुले सामाजिक सद्भाव र शान्ति–सुव्यवस्था कायम गर्नका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै त्यसमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसैगरी, उहाँहरूले मुलुकभर वर्षासहित आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको व्यवस्थापनसहित क्षतिपूर्तिको प्रबन्ध गर्न, किसानलाई समयमै रासायनिक मल र बीउबिजनको व्यवस्था गर्न, बाँदर व्यवस्थापन गर्न र देशभर अवरुद्ध सडक यथासक्य छिटो खोली यातायात सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

शून्य समयमा सांसदहरू अप्साना बानु, अम्बिकादेवी सङ्ग्रौला, अर्जुनकुमार कार्की, अर्जुननरसिंह केसी, आशिका तामाङ, इन्दिरा रानामगर, एजिला गुरुङ, यशुदाकुमारी बराल, अङ्किता ठाकुर, कमल सुवेदी, करिश्मा कठरिया, कवीन्द्र बुर्लाकोटी, कालीबहादुर सहकारी, कुलभक्त शाक्य, कुशुम महर्जन, कृपाराम राना, कृष्णहरि बुढाथोकी, खगेन्द्र सुनार, खडगबहादुर बुढा, खडग शाही, खिमा विक, गणेश धिमाल, गणेश पराजुली, गणेशबहादुर विश्वकर्मा, गीता गुरुङ, गीताकुमारी स्याङ्ताङ, गोविन्द पन्थी, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाललगायतले बोल्नुभएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Made with by Yubraj Pandeya