लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

कर्पोरेट

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

आवश्यकता परेमा आगामी दिनमा समेत चाउचाउलगायत थप राहत सामग्री उपलब्ध गराउन कम्पनी तयार रहेको जनाएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख सहयोग

काठमाडौं, भदौ २४। रसुवाको भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

उक्त रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। यसअघि पनि कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका अति प्रभावित क्षेत्र तथा पीडितहरूलाई राखिएका आश्रयस्थलमा अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार प्रभावित नागरिकका लागि ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ पठाइएको थियो। उक्त चाउचाउ सम्बन्धित निकाय तथा प्रभावित नागरिकलाई प्रत्यक्ष रूपमा वितरण गरिएको कम्पनीले जनाएको छ।आवश्यकता परेमा आगामी दिनमा समेत चाउचाउलगायत थप राहत सामग्री उपलब्ध गराउन कम्पनी तयार रहेको जनाएको छ। 

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्न यशोदा ग्रुप इण्डस्ट्रिज पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ। कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सरकार र सम्बन्धित निकायसँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup