काठमाडौँ । विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ९निम्सदाइ० को निधन भएको छ। बिहीबार पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी पुर्जासहित अन्य दुई नेपाली आरोहीको ज्यान गएको हो। पुर्जाको कम्पनी इलिट एक्सपिड ले फेसबुकमार्फत घटनाको पुष्टि गर्दै अत्यन्तै गहिरो दुःखका साथ निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको जनाएको छ।
कम्पनीका अनुसार सोही आरोहण अभियानमा सहभागी उनका विश्वसनीय सहयोगी तथा पर्वतारोहण गाइड पुरबहादुर गुरुङ (युक्त) र निमा शेर्पाको पनि हिमपहिरोमा परी निधन भएको छ।निर्मल पुर्जा विश्वभर नेपाली पर्वतारोहणलाई नयाँ उचाइमा पुर्याउने व्यक्तित्वका रूपमा परिचित थिए। उनले विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू छोटो समयमै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। उनको निधनले नेपाली पर्वतारोहण क्षेत्र तथा विश्व पर्वतारोहण समुदायलाई अपूरणीय क्षति पुगेको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्