लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी बढ्नुपर्छ’ : अध्यक्ष उप्रेती

अटो टेक

‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी बढ्नुपर्छ’ : अध्यक्ष उप्रेती

नाडाले आफ्नो गौरवपूर्ण यात्रामा सडक सुरक्षा र दुर्घटना न्युनिकरणमा पनि चेतनामुलक कामहरु गर्दै आएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देशको रुपमा अगाडी बढ्नुपर्छ’ : अध्यक्ष उप्रेती

काठमाडौ । नेपालमा अटोमोवाइल क्षेत्रका व्यवसायीहरुको हकहितको लागि काम गर्ने मुख्य उद्देश्य राखेर स्थापना भएको अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सव (स्वर्ण  जयन्ती) मनाइरहेको छ । स्वर्ण  जयन्ती माउने क्रममा ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मुल नाराका साथ ‘नाडा अटो शो’को १८ औ संस्करण आगामी मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

नाडाको जन्म कसरी भयो ? 
नेपालमा विस्तारै सवारीसाधनको आयात बढेसँगै व्यवसायीहरुले आफ्नो हक र हितको लागि काम गर्ने एक मंचको आवश्यकता महसुस गरे र व्यवसायी तोलाराम दुगडको अध्यक्षतामा २०३२ सालमा अटोमोबाइल एशोसिएस अफ नेपालको स्थापना भयो । विस्तारै संस्थाको कार्यक्षेत्र र दायरा फराकिलो बनाउन २०६१÷६२ मा आइपुग्दा यो संस्थाको नाम नेपाल अटोमोबाइल्स डिलर एशोसिएसन (नाडा) भयो । त्यस्तै २०७२ सालमा संस्थाले आफ्नो नाम पुनः परिवर्तन गरी नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल राखेको हो ।

बजार व्यवस्थित गर्ने, सरकारसँग नीतिगत पैरवी गर्ने र समग्र नेपाली अर्थतन्त्र र रोजगारको सिर्जना गर्ने तथा व्यवसायीहरुको एक आपसरमा नेटवर्क बृद्धि गरी उपभोक्तासम्म सहज पहुच पुर्याउने उद्देश्यका साथ नाडाको स्थापना भएको थियो । संस्थाको विकाससँगै नाडाको उद्देश्य र कामको दायराहरु पनि फराकिलो बन्दै गयो । नाडाले अटोमोबाइल व्यवसायीहरूको साझा आवाजलाई संस्थागत गर्दै सरकार र निजी क्षेत्रबीच संवादको महत्वपूणर् पुलको भूमिका निर्वाह गर्दै आएको छ । नाडासँग देशभरका अटोमोबाइल व्यवसायी, आयातकर्ता, वितरक, उत्पादक तथा डिलरहरू जोडिएका छन्। 

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नाडाको ५० वषर्को सबैभन्दा ठूलो उपलब्धि गाडी बेच्ने व्यवसायीहरूको संगठनलाई नेपालकै अटोमोबाइल उद्योगको प्रतिनिधित्व गर्ने, सरकारसँग नीति संवाद गर्ने, बजार र प्रविधि प्रदर्शन गर्ने, सीप विकास गर्ने तथा अन्तर्राष्ट्रिय उद्योगसँग जोड्ने संस्थागत प्लेटफर्ममा रूपान्तरण गर्न सक्नु रहेको बताउँछन् । उनका अनुसार नाडाले पचास बषर्े यात्रामा नीति पैरवी, उद्योगको प्रतिनिधित्व, अटो शो, सूचना अभिलेख, सीप विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र इभी र हरित मोबिलिटी जस्ता क्षेत्रमा कामहरु गरेको छ । उनले अब नेपाल केवल ‘गाडी आयात गर्ने देश’ होइन, ‘मोबिलिटी इकोसिस्टम निर्माण गर्ने देश’ बन्ने दिशामा सोच्नुपर्ने बताए ।  

यसरी सुरुवात भएको थियो ‘नाडा अटो शो’ 
नाडाले नेपालमा अटोमोबाइल व्यवसाय विस्तार हुन थालेसँगै व्यवसायीहरूलाई आफ्नो उत्पादन तथा ब्रान्ड प्रदर्शन गर्ने र उपभोक्तालाई नयाँ सवारीसाधनबारे जानकारी दिने एउटा व्यवस्थित मञ्चको आवश्यकता महसुस भएकोले आवश्यकता पूरा गर्न विक्रम सम्बत् २०५५ मा ‘पहिलो अटो शो’ को आयोजना गरेको थियो । सो मेलामा जम्मा २६ वटा स्टलहरु रहेका थिए । 

प्रत्येक २ बषर्मा हुने ‘नाडा अटो शो ’मा ग्राहकको आकषर्ण बढेसँगै सन् २०१० (अर्थात् विक्रम सम्बत्) २०६७ देखि प्रत्येक बषर् नेपालीहरुको ठूला चाडपर्वलाई लक्षित गरी प्रत्येक बषर् आयोजना गर्न थालियो । यसपटक प्रत्येक बषर् हुने नाडा अटो शोको १८ औ संस्करण भदौ ९ गतेबाट सुरु हुँदैछ । ‘नाडा अटो शो’ व्यवसायिक मन्चमा परिणत हुदै गएको अध्यक्ष उप्रेतीले दावी गरे ।

उनले भने ‘नाडा अटो शो’ नयाँ गाडी सार्वजनिक गर्ने, ब्रान्ड प्रवर्द्धन गर्ने, ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्ने, बैंक तथा वित्तीय संस्थालाई अटो लोन प्रवर्द्धन गर्ने र अटोमोबाइल क्षेत्रका नयाँ प्रविधि देखाउने प्रमुख मञ्च बन्दै गएको छ ।’अहिले नाडाले नेपाली बजारमा छुट्टै संस्थागत पहिचान बनाएको छ । सरकारसँग नीतिगत बहस र पैरवीहरु गरिरहेको छ । संस्थामा ३ हजार २ सयभन्दा बढी सदस्यहरु रहेका छन् । नाडाले आफ्नो गौरवपुणर् यात्रामा सडक सुरक्षा र दुर्घटना न्युनिकरणमा पनि चेतनामुलक कामहरु गर्दै आएको छ । 

भदौ ९ देखि भृकुटी मण्डपमा हुदै छ ‘नाडा अटो शो ’को १८ औ संस्करण
अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले भदौ ९ गतेदेखि १८ औ संस्करणको ‘नाडा अटो शो’ आयोजना गर्न लागेको छ । साथै स्थापनाको ५० औं वषर् (स्वणर् जयन्ती) पनि मनाउदै छ । नेपालको अटोमोबाइल क्षेत्रमा भइरहेको द्रुत परिवर्तन, विशेषगरी ईभीको आधुनिक प्रविधि र दिगो गतिशीलतालाई एउटै छानामुनि प्रदर्शन गर्ने यो एउटा भव्य मञ्च हुनेछ । 

५ दशक लामो नाडाको यात्रा नेपालको समग्र आर्थिक र औद्योगिक विकाससँग जोडिएको हामीले देखेकै छौं । साथै, यस वषर्को संस्करण अटोमोबाइल क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा सावित हुने हाम्रो विश्वास छ । यस वषर्को प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी) लाई विशेष प्राथमिकता दिइएको छ । दुई पाङ्ग्रे, चार पाङ्ग्रे, कमर्शियलदेखि कम्पोनेन्टसम्मको विकास क्रम मेलामा प्रदर्शनी हुनेछ । 

नेपालमै उत्पादित सवारीसाधनलाई प्राथमिकतामा 
यस पटकको प्रदर्शनीमा नेपालमै उत्पादित यात्री इलेक्ट्रीक साथै स्वदेशमै एसेम्बल गरिएका स्कुटर, बाइक, टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पार्ट्सहरूलाई मुख्य आकषर्णका रूपमा प्रस्तुत गर्न लागिएको छ । नेपाल अब गाडी आयात गर्ने मात्र होइन, भोलिका दिनमा उत्पादनमा पनि आत्मनिर्भर बन्न सक्छ भन्ने स्पष्ट सन्देश अवलोकनकर्तालाई अटो शोमा दिन खोजिएको छ । स्वदेशी उद्योगतर्फको यात्रालाई संस्थाले गर्वका साथ प्रदर्शनीमा राख्न लागेको छ । 

यस अटो शोले देशको अर्थतन्त्रलाई गति दिन र अटोमोबाइल क्षेत्रको भविष्यको दिशा तय गर्न सहयोग पुर्याउने नाडाले अपेक्षा गरेको छ । नेपाली अटोमोबाइल बजारमा ‘नाडा अटो शो’ एउटा प्रदर्शनी मात्र होइन, उद्योगको अवस्था, उपभोक्ताको रुचि र आगामी दिनको दिशासमेत देखाउने मञ्चका रूपमा स्थापित छ । यही कारण ‘१८ औँ नाडा अटो शो २०२६’ लाई नाडाले आफ्नो ५०औँ स्थापना वषर्को स्वणर् जयन्तीसँग जोडेर अझ फराकिलो सन्देश दिने गरी तयारी गरेको हो ।

भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । करिब ३ लाख वर्गफिट क्षेत्रमा फैलिने अटो शोमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, ७० वटा अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका स्टल र १० वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ । त्यस्तै रोबोटिक्स, एआई, डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई प्रदर्शनीको केन्द्रमा राखिएको छ । अध्यक्ष उप्रेतीले ५०औँ वषर्को अवसरमा आयोजना हुन लागेको यो संस्करणले नाडाको पाँच दशकको यात्रा र अबको अटोमोबाइल क्षेत्रबीचको सम्बन्ध देखाउने प्रयास गर्ने दावी गरे । 

६ दिनसम्म चल्ने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अपेक्षा छ। भीड व्यवस्थापनलाई ध्यान दिँदै नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्क तथा अन्य स्थानमा पार्किङको व्यवस्था गरिनेछ । बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बस सञ्चालन गरिनेछ। प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली र ट्राफिक सूचना डेस्क पनि रहनेछन्। 

आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने अटो शोमा त्यसैले नयाँ गाडी मात्रै देखिने छैनन्। नेपाली अटोमोबाइल उद्योगको वर्तमान अवस्था र आगामी यात्राको एउटा चित्र पनि देखिनेछ।

 
 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।