लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

वर्ल्डलिंकले ल्यायो साना तथा मझौला व्यवसायका लागि नेपालकै पहिलो व्यवस्थापित वाइफाइ सेवा ‘बिज२४’

अटो टेक

वर्ल्डलिंकले ल्यायो साना तथा मझौला व्यवसायका लागि नेपालकै पहिलो व्यवस्थापित वाइफाइ सेवा ‘बिज२४’

व्यवसायहरूको डिजिटल आवश्यकता र भरपर्दो इन्टरनेट सेवाप्रतिको बढ्दो मागलाई मध्यनजर गर्दै ल्याइएको ‘बिज२४’ ले कार्यालय तथा व्यावसायिक स्थलमा उच्च गुणस्तरको वाइ–फाइ कनेक्सनसँगै नेटवर्क व्यवस्थापनको सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

न्युज बिहानी
न्युज बिहानी
Shares
वर्ल्डलिंकले ल्यायो साना तथा मझौला व्यवसायका लागि नेपालकै पहिलो व्यवस्थापित वाइफाइ सेवा ‘बिज२४’

काठमाडौं। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले साना तथा मझौला व्यवसाय (SMEs) लक्षित गर्दै नेपालकै पहिलो व्यवस्थापित (Managed) वाइ–फाइ समाधान ‘बिज२४’ सार्वजनिक गरेको छ। व्यवसायहरूको डिजिटल आवश्यकता र भरपर्दो इन्टरनेट सेवाप्रतिको बढ्दो मागलाई मध्यनजर गर्दै ल्याइएको ‘बिज२४’ ले कार्यालय तथा व्यावसायिक स्थलमा उच्च गुणस्तरको वाइ–फाइ कनेक्सनसँगै नेटवर्क व्यवस्थापनको सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।

यस सेवामार्फत व्यवसायीहरूले लाइभ नेटवर्क ड्यासबोर्डको प्रयोग गरी आफ्नो वाइ–फाइ नेटवर्कको कार्यसम्पादन वास्तविक समयमा निगरानी गर्न सक्नेछन्। नेटवर्कमा देखिने समस्या तत्काल पहिचान गरी छिटो समाधान गर्न सकिने भएकाले सेवा अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ।‘बिज२४’ अन्तर्गत ग्राहकहरूले दक्ष प्राविधिक टोलीबाट प्राथमिकताका आधारमा सहयोग प्राप्त गर्नेछन्। आवश्यक पर्दा समर्पित हेल्पलाइनमार्फत तत्काल प्राविधिक सहायता उपलब्ध हुने व्यवस्था गरिएको वर्ल्डलिंकले जनाएको छ।

कम्पनीका अनुसार यो सेवा सम्पूर्ण कार्यस्थलमा स्थिर, भरपर्दो र व्यापक वाइ–फाइ कभरेज सुनिश्चित गर्न डिजाइन गरिएको हो, जसले कर्मचारीहरूको उत्पादकत्व बढाउनुका साथै व्यवसाय सञ्चालनलाई थप सहज बनाउनेछ। वर्ल्डलिंकले व्यवसायीहरूलाई निःशुल्क कनेक्टिभिटी मूल्याङ्कन (Connectivity Assessment) को सुविधा पनि उपलब्ध गराएको छ। 

सबै बिज२४ प्याकेजमा ‘बिजनेस ग्रेड राउटर, पब्लिक स्टाटिक आईपी र प्रायोरिटी सपोर्ट समावेश रहेको छ । वर्ल्डलिंकका अनुसार बिज२४ नयाँ तथा सेवा नवीकरण गर्ने दुवै ग्राहकका लागि उपलब्ध हुनेछ । इच्छुक व्यवसायीहरूले +९७७ ९८०१५२३०५२ मा सम्पर्क गर्न वा वर्ल्डलिंकको वेबसाइटमार्फत ( worldlink.com.np/biz24 )  थप जानकारी लिन सक्नेछन्।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup