लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

अटो टेक

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

'नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका बैंकहरुले अटो लोनका लागि विशेष अफर र सुविधा दिइरहेका छन् ।
नाइमा एक्स्पोको को-स्पोन्सर ग्लोबल आइएमई बैंक तथा बैंकिङ पार्टनरहरु सिद्धार्थ र एनएमबी बैंकले विशेष योजनासहित ग्राहकलाई मेलास्थलमै सुविधा दिएका हुन् । आफूलाई मन परेको सवारी साधन छनोट गरिसकेपछि मेला अवलोकनकर्ताहरु बैंकका स्टलहरुमा पुगेर कर्जाका लागि नाम दर्ता गराउने गरेका छन् ।

बैंकहरुले आधारदरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्ममा कर्जा सुविधा दिइरहेका छन् भने सेवा शुल्क पनि ०.५ प्रतिशतमात्र लिइरहेको बताएका छन् । मेलाको तेस्रो दिनसम्ममा अवलोकनकर्ताहरुको उपस्थिति बढिरहँदा बैंकका स्टलहरुमा पनि उल्लेख्य भीड बढेको छ । ग्लोबल आइएमई बैंकका एसएमई रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टले एक्स्पोमा हरेक दिन अवलोकनकर्ताको संख्या बढिरहँदा बैंकको स्टलमा आएर कर्जाका बारेमा जानकारी लिनेहरुको संख्या पनि उल्लेख्य बढेको बताए ।

'गाडी छनोट गरिसकेपछि हाम्रो स्टलमा आएर कर्जाका लागि नाम टिपाउने तथा क्यूआर स्क्यान गरेर आवेदन दिनेहरुको संख्या उल्लेख्य छ,' उनले भने, 'सवारी विक्रेता कम्पनीहरुले आकर्षक अफर ल्याएर अवलोकनकर्ताहरुको मन जितिरहँदा त्यसलाई सहयोग पुग्नेगरी हामीले काम गरिरहेका छौँ ।'मेला अवलोकनपछि कर्जाका लागि नाम दर्ता गराउनेहरुलाई शाखासँग जोड्ने कार्यमा बैंकका स्टलहरुले सहजीकरण गरिरहेका छन् ।

सिद्धार्थ बैंकका लाजिम्पाट शाखाका प्रबन्धक विष्णुप्रसाद शर्माले स्टलमा संकलन भएका डेटा केन्द्रीय कार्यालयमा पठाउने र केन्द्रीय कार्यालयले अवलोकनकर्तालाई सम्पर्क गरी सम्बन्धित शाखासँग जोडाइदिने काम गरिरहेको बताए । 'कतिपय अवलोकनकर्तालाई हामीले सिधै शाखासँग जोडिदिने गरेका छौँ,' उनले भने । सवारी छनोट गरिसकेपछि कर्जाका लागि नाम दर्ता गराउने अवलोकनकर्ताको संख्या हरेक दिन बढिरहेको शर्माले बताए । 

त्यस्तै एनएमबी बैंकले पनि मेला अवलोकनकर्तालाई मेला स्थलमा रहेको स्टलबाट राम्रो सेवा दिइरहेको जनाएको छ । 'हामीले मेला अवलोकनकर्तालाई आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउन सहजीकरण गरिरहेका छौं,' बैंककी रिलेसनसिप म्यानेजर समीक्षा पन्तले भनिन्, 'नाइमालाई लक्षित गरेर ब्याजदर रिभाइज गरेका हौँ । ग्राहकको रेस्पोन्स राम्रो आइरहेको छ ।'नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो साउन ३१ सम्म चल्नेछ । 

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सम्बन्धित खबर

न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।