लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

३०औँ वषर्मा आर्य फार्माल्याब : एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनबर्षे सहकार्य

कर्पोरेट

३०औँ वषर्मा आर्य फार्माल्याब : एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनबर्षे सहकार्य

यी गतिविधिले खेल हेर्न आउने दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
३०औँ वषर्मा आर्य फार्माल्याब : एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनबर्षे सहकार्य

काठमाडौं । स्थापनाको ३०औँ वषर्मा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वषर् सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने कंम्पनीले लक्ष्य राखेको छ ।

आफ्नो ३० वषर्े यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य फार्माल्याबले एनपीएलको माध्यमबाट आम नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श तथा स्वस्थ जीवनशैलीसम्बन्धी जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ ।

यस सहकार्यअन्तर्गत एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्य फार्माल्याबले स्वास्थ्य परामर्श, स्वास्थ्य परीक्षण कक्ष, जनचेतनामूलक कार्यक्रम तथा मनोरञ्जन र खेलकुदसम्बन्धी गतिविधिहरू सञ्चालन गरिरहेको छ । यी गतिविधिले खेल हेर्न आउने दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत रहन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

यसै क्रममा आर्य फार्माल्याबले खेलाडीको उत्कृष्ट प्रदर्शन र खेल भावनालाई प्रोत्साहन गर्न ‘हेल्दी पार्टनरसिप अवार्ड’ मार्फत प्रत्येक खेलमा दुई खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । साथै, प्रत्येक खेलमा एक जना दर्शकलाई २० हजार रुपैयाको ‘हाटविट मुमेन्ट अफ द म्याच’ प्रदान गरिनेछ । यी कार्यक्रमले खेलाडीको योगदानको कदर गर्नुका साथै दर्शकको सहभागिता र उत्साह बढाउन सहयोग गर्ने विश्वास लिइएको छ ।

आर्य फार्माल्याबले आफ्नो स्थापनाको ३० वषर् पूरा गरेको अवसरमा सुरु गरेको यस सहकार्यलाई संस्थाको यात्राको महत्त्वपूणर् उपलब्धिका रूपमा लिएको छ । क्रिकेटजस्तो लोकप्रिय खेलसँग स्वास्थ्य सचेतनालाई जोडेर धेरैभन्दा धेरै नागरिकसम्म स्वास्थ्यसम्बन्धी सन्देश पु¥याउन सकिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup