लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

गण्डकी भुगोल तर्फबाट महिला केन्द्रीय सदस्यमा सरस्वती अर्यालको उम्मेदवारी

राजनीति

गण्डकी भुगोल तर्फबाट महिला केन्द्रीय सदस्यमा सरस्वती अर्यालको उम्मेदवारी

‘कांग्रेसलाई अझ सुदृढ र समावेशी बनाउँदै नयाँ राजनीतिक शक्ति निर्माण गर्न मेरो उम्मेदवारी’

न्युज बिहानी
न्युज बिहानी
Shares
गण्डकी भुगोल तर्फबाट महिला केन्द्रीय सदस्यमा सरस्वती अर्यालको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा गण्डकी प्रदेश भूगोलबाट महिला तर्फ केन्द्रीय सदस्य पदमा सरस्वती अर्यालले उम्मेदवारी दिने भएकी छिन। स्याङ्जाबाट नेपाली कांग्रेसको राजनीतिमा प्रतिनिधित्व गर्दै आएकी अर्याल गण्डकी प्रदेशकी पूर्वमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य हुन्।

नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएकी अर्याललाई पार्टीभित्र अनुभवी, अध्ययनशील, वैचारिक तथा समन्वयकारी महिला नेतृका रूपमा लिइन्छ। गण्डकी प्रदेश भूगोलबाट महिला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने नेतृहरूमध्ये पनि अर्याल अनुभवी र वरिष्ठ नेतृका रूपमा परिचित छन्।आफ्नो उम्मेदवारीको उद्देश्यबारे अर्यालले नेपाली कांग्रेसलाई अझ सुदृढ, लोकतान्त्रिक, समावेशी र जनमुखी राजनीतिक शक्तिका रूपमा विकास गर्न आफूले भूमिका निर्वाह गर्न चाहेको बताएकी छन्।

‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो। यसलाई अझ सुदृढ बनाएर लैजान आवश्यक छ। पार्टीभित्रका महिलाहरूलाई एकीकृत गर्दै सबै समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्वलाई अझ प्रभावकारी बनाउनुपर्छ,’ अर्यालको भनाइ छ, ‘हामीसँग लामो राजनीतिक अनुभव छ, केही गरौँ भन्ने हुटहुटी पनि छ। यही अनुभव र ऊर्जालाई राष्ट्रिय राजनीतिमा उपयोग गर्दै नेपाली कांग्रेसलाई देशकै बलियो राजनीतिक शक्ति बनाउनुपर्छ भन्ने उद्देश्यले मैले उम्मेदवारी दिएकी हुँ।’

अर्यालले कांग्रेसलाई सबै समुदाय र वर्गको साझा पार्टीका रूपमा स्थापित गर्न महिलाको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्। पार्टीभित्र महिलाको सहभागिता र नेतृत्वलाई थप सशक्त बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यतालाई बलियो बनाउन आफ्नो उम्मेदवारी केन्द्रित रहेको उनको भनाइ छ।राजनीतिक तथा वैचारिक रूपमा सक्षम महिला नेतृका रूपमा परिचित अर्यालले लामो समयदेखि कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। 

प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हाल्दा समेत उनले विभिन्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवाला पक्षसँग संवाद, छलफल र समन्वयलाई प्राथमिकता दिएको कांग्रेसका नेता–कार्यकर्ताहरू बताउँछन्।गण्डकी प्रदेशसभा सदस्यका रूपमा समेत अर्याल विकास निर्माण, सामाजिक सरोकार तथा राजनीतिक विषयमा प्रदेशका विभिन्न जिल्लासँग निरन्तर समन्वय र सहकार्य गर्दै आएकी छन्। पार्टी संगठनलाई थप मजबुत बनाउन उनी प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहमा पुगेर नेता–कार्यकर्ता र आम नागरिकसँग भेटघाट तथा संवाद गर्ने गर्छिन्।

पार्टी संगठन निर्माणसँगै महिला सहभागिता, समावेशी प्रतिनिधित्व र कांग्रेसको वैचारिक आधारलाई थप बलियो बनाउनुपर्ने विषयलाई अर्यालले आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सार्दै आएकी छन्।गण्डकी प्रदेशको राजनीतिमा विभिन्न राजनीतिक दल तथा नेतृत्वसँग संवाद र सहकार्य गर्न सक्ने नेतृका रूपमा समेत अर्यालको परिचय बनेको छ। उनको लामो राजनीतिक अनुभव, वैचारिक क्षमता र समन्वयकारी भूमिकाका कारण १५औँ महाधिवेशनमा उनको उम्मेदवारीलाई कांग्रेसभित्र चासोका साथ हेरिएको छ।

गण्डकी प्रदेशबाट महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिइने अर्यालले पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्दै महिला तथा सबै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र कांग्रेसलाई राष्ट्रिय राजनीतिको थप प्रभावशाली शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित आफू अघि बढेको बताएकी छन्।उनको उम्मेदवारीलाई समर्थन गर्ने नेता–कार्यकर्ताहरूले लामो राजनीतिक अनुभव, संगठनप्रतिको निरन्तर सक्रियता, अध्ययनशीलता, वैचारिक क्षमता र सबै पक्षसँग संवाद तथा सहकार्य गर्न सक्ने क्षमतालाई उनको प्रमुख राजनीतिक आधारका रूपमा लिएका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup