लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

रसुवा बाढीपीडितका लागि MPIA ले दियो ३१ लाख

अटो टेक

रसुवा बाढीपीडितका लागि MPIA ले दियो ३१ लाख

उनले राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउन तत्परता देखाउने सदस्य संस्थाहरूप्रति धन्यवादसमेत व्यक्त गरे।

न्युज बिहानी
न्युज बिहानी
Shares
रसुवा बाढीपीडितका लागि MPIA ले दियो ३१ लाख

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि Mobile Phone Importers Association (MPIA) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। MPIA ले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम आज  अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो। 

सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको MPIA ले जनाएको छ। संकलित रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा उपयोग हुने विश्वास MPIA ले व्यक्त गरेको छ। सहयोग रकम MPIA का अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरणका क्रममा MPIA अध्यक्ष मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले राहत तथा उद्धार अभियानमा सहयोग पुर्‍याउन तत्परता देखाउने सदस्य संस्थाहरूप्रति धन्यवादसमेत व्यक्त गरे।

रसुवामा आएको बाढी तथा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारी निकायसँगै निजी क्षेत्र तथा विभिन्न संघसंस्थाहरूले प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्। MPIA को ३१ लाख रुपैयाँ सहयोग पनि सोही अभियानअन्तर्गतको महत्वपूर्ण योगदानका रूपमा आएको हो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup