लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

रसुवा बाढी : ४ सय ६९ जनाको शव फेला, १५४५ को उद्धार

समाचार

रसुवा बाढी : ४ सय ६९ जनाको शव फेला, १५४५ को उद्धार

प्रहरीका अनुसार चितवनमाा आज बिहानदेखि शवको खनाखत कार्य सुरु भएको छ भने रसुवामा पनि आजैदेखि बेपत्ता र शव खोजी गरिनेछ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
रसुवा बाढी : ४ सय ६९ जनाको शव फेला, १५४५ को उद्धार

काठमाडौँ, १२ भदौः रसुवा बाढीमा परी आज बिहानसम्म मृत्यु हुनेको सङ्ख्या ४६९ पुगेको छ । नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार चितवनमाा आज बिहानदेखि शवको खनाखत कार्य सुरु भएको छ भने रसुवामा पनि आजैदेखि बेपत्ता र शव खोजी गरिनेछ ।

हालसम्म रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङ तीन जना गरी एक हजार ५४५ जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिनुभयो । हाल काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललमा ६० घाइतेको उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा दुई, वीरेन्द्र सैनिक अस्पतालमा एक, नर्भिक अस्पतालमा एक, मनमोहन अस्पतालमा दुई, बिएण्डबी अस्पतालमा दुई र ग्राण्डी अस्पतालमा एक जनाको उपचार भइरहेको छ ।

बाढीमा परी हालसम्म नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र  प्रहरी बल, नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी सम्पर्कविहीन छन् । हालसम्म सर्वसाधारणसहित दुई हजार ३८१ जना रसुवा बाढीपछि सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । सम्पर्क हुन नसकेका मध्येमा भारतका १७८ सहित ६४४ विदेशी नागरिक रहेका छन् । यसैगरी विदेशमा रही नेपाल घुम्न आएका १२७ नेपाली नागरिक पनि सम्पर्कविहीन छन् । 

साथै, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, सिङ्गापुरका नौ, जर्मनीका आठ, रसियाका आठ, दक्षिण अफ्रिकाका छ, लाटभियाका छ, जापानका पाँच, न्युजिल्याण्डका पाँच, फ्रान्सका चार, बेल्जियमका तीन र स्पेनका तीन नागरिक सम्पर्कविहीन छन् । प्रहरीका अनुसार काजकिस्तान, पोर्चुगल, आयरल्याण्ड, इटली र नेदरल्याण्डका दुई÷दुई तथा स्वीडेन, हङ्गेरी, सर्विया, स्वीटजरल्याण्ड, इजरायल, फिलिपिन्स, फिनल्याण्ड, बेलारुस, लिथुवानिया र बुल्गेरियाका एक÷एक नागरिक पनि सम्पर्र्कविहीन छन् ।

हालसम्म प्राप्त विवरणअनुसार सम्पर्कविहीन भएका एक हजार ७३७ (रसुवाबाहेक) नेपाली नागरिकमा कोशी प्रदेशका १३२, मधेस प्रदेशका १२८, बागमती प्रदेशका ८२६ (रसुवाबाहेक), गण्डकी प्रदेशका १२६, लुम्बिनी प्रदेशका १८८, कर्णाली प्रदेशका २०८ र सुदूरपश्चिम प्रदेशका १२९ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Logo
Ad ends in 15s
gov