लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

कला सस्कृति

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

न्युज बिहानी
न्युज बिहानी
Shares
तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर, ३ कात्तिकः हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो ।

किंवदन्तीअनुसार, सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेलेका थिए । राजाले कुदृष्टि लगाएपछि भवानी त्यहाँबाट अलप हुनुभएको जनविश्वास छ । राजाले क्षमायाचना गरेपछि भवानीले वर्षमा एक पटक मात्र दर्शन दिने वचन दिनुभएको किंवदन्ती छ । यही जनविश्वासका कारण महानवमीका दिन तलेजु भवानीको दर्शन गर्न भक्तजन भक्तपुर पुग्ने गर्छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup