लोड हुँदै...
लोड हुँदै...
stc
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

न्युज बिहानी
न्युज बिहानी
Shares
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV  कर्जा सुरु

काठमाडौँ, नेपाल – एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ ।

सरल र छिटो प्रक्रियाबाट उपलब्ध गराइने यो कर्जा सुविधा, व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि उपलब्ध हुनेछ । इच्छुक ग्राहकहरूले देशभर रहेका एनएमबि बैंकका शाखाहरू वा डिजिटल माध्यमहरू मार्फत सजिलैसँग आवेदन दिन सक्नुहुनेछ । बैंकले ग्राहकहरूको जीवनलाई सहज बनाउन र नेपालमा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न सधैं नयाँ र प्रभावकारी वित्तीय सुविधाहरू ल्याउँदै आएकोे छ । एनएमबि बैंकले हाल देशभरी १९८ शाखाहरु, १७६ एटिएमहरु र ९एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Made with by Yubraj Pandeya