लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

समाचार

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा पाँच जना, बेत्रावतीमा चार जना, त्रिशूली–काठमाडौँमा तीन जनाको उद्धार गरेको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौँ, १० भदौः रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् । नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३, मैलुङमा पाँच जना, बेत्रावतीमा चार जना, त्रिशूली–काठमाडौँमा तीन जनाको उद्धार गरेको छ ।

त्यसैगरी निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवाबाट तीन, जना, अन्नपूर्ण रसुवाबाट टिचिङ अस्पतालमा चार जनाको उद्धार गरेका छन् । साथै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा पाँच जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा दुई जना, फिसटेलले रसुवा–टिचिङ अस्पतालमा पाँच जना, एभरेष्टले रसुवा–टिचिङ अस्पतालमा दुई जना र प्रभु हेलीले रसुवा–वीर अस्पतालमा तीन जनाको उद्धार गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।