लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नाडा अटो शोको अन्तिम दिन : साँझ ३ घण्टाको टिकट बिक्री रकम बाढीपीडितलाई सहयोग गरिने

अटो टेक

नाडा अटो शोको अन्तिम दिन : साँझ ३ घण्टाको टिकट बिक्री रकम बाढीपीडितलाई सहयोग गरिने

यो समयमा आउनुहुने प्रत्येक अवलोकनकर्ताको उपस्थिति राहत कार्यमा प्रत्यक्ष योगदान बन्नेछ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नाडा अटो शोको अन्तिम दिन : साँझ ३ घण्टाको  टिकट बिक्री रकम  बाढीपीडितलाई सहयोग गरिने

सामाजिक उत्तरदायित्व र विपद्‌मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन (आज) साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ। देशभर भइरहेको अविरल वर्षा र बाढीपहिरोका कारण धेरै परिवारहरू समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै नाडा टोलीले मेलाको अन्तिम समयलाई राहत कोषमा योगदान पुर्‍याउने अवसरका रूपमा अघि बढाउने निर्णय गरेको हो।

एकातर्फ हामी सवारी साधन र प्रविधिको उत्सव मनाइरहेका छौँ भने अर्कोतर्फ देशैभर हाम्रा दाजुभाइ(दिदीबहिनीहरू प्राकृतिक विपत्तिको सामना गरिरहनुभएको छ,नाडाका प्रतिनिधिले भने, अन्तिम ३ घण्टामा संकलन हुने टिकट शुल्क सोझै पीडितहरूसम्म पुर्‍याउने उद्देश्य राखेका छौँ। यो समयमा आउनुहुने प्रत्येक अवलोकनकर्ताको उपस्थिति राहत कार्यमा प्रत्यक्ष योगदान बन्नेछ।

काठमाडौँको भृकुटीमण्डपमा जारी नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनीमा सहभागी भई यस परोपकारी अभियानलाई सफल बनाउन आयोजकले सर्वसाधारणलाई हार्दिक अपिल गरेको छ। संकलित सम्पूर्ण रकम निष्पक्ष र पारदर्शी ढंगले आधिकारिक राहत कोषमार्फत तत्कालै प्रभावित क्षेत्रका पीडितहरूसम्म पुर्‍याइने नाडाले जनाएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।