लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नाडा अटो शो २०२६ : आजबाट भृकुटीमण्डपमा सुरु,२ सय १५ भन्दा बढी स्टल

अटो टेक

नाडा अटो शो २०२६ : आजबाट भृकुटीमण्डपमा सुरु,२ सय १५ भन्दा बढी स्टल

दर्शनीस्थलमा ५३ सवारी ब्राण्ड, ७० पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले भाग लिएका छन् ।

न्युज बिहानी
न्युज बिहानी
Shares
नाडा अटो शो २०२६ : आजबाट भृकुटीमण्डपमा सुरु,२ सय १५ भन्दा बढी स्टल

काठमाडौं । आजबाट  काठमाडौको भृकुटीमण्डपमा  ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’को सुरु  भएको छ । यस शोमा  २ सय १५ भन्दा बढी स्टलहरु छन् । यस बर्ष  प्रदर्शनीस्थल ह्विलचेयरमैत्री छ भने बत्ती, एसी र पंखाहरुको पर्याप्त व्यवस्था गरिएको छ । त्यस्तै प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स र ग्यारेज उपकरण साथै ‘मेड इन नेपाल ÷ मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी पाँच क्षेत्रमा विभाजन गरिएको छ । 

त्यस्तै अवलोकन गर्न चाहने अवलोकनकर्ताले पहिले सवारीसाधन, त्यसपछि वित्त, बीमा, सर्भिस र पार्ट्ससम्बन्धी गरी तीन भागमा विभाजन गरी अवलोकत गर्न सक्नेछन् । जसले .गाडी किन्नेहरुले खर्च र सुविधाबारे राम्रोसँग जानकारी प्राप्त गर्नेछन् । नाडाका अनुसार प्रदर्शनीस्थलमा ५३ सवारी ब्राण्ड, ७० पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तिय संस्थाहरुले भाग लिएका छन् । ‘नाडा अटो शो’ अबलोकनकर्ताहरुको सुविधालाई मध्यनजर राख्दै नाडाले अग्रिम टिकट बुकिङको पनि व्यवस्था गरेको छ । 

अग्रिम टिकको लागि खल्तीको एप वा आधिकारिक क्यूआर कोड मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । त्यस्तै सर्वसाधारणहरुको लागि प्रवेश शुल्क २०० र विद्यार्थीका लागि १५० रुपैयाँ रहेको नाडाले जनाएको छ । भोलि विहान साढे १० बजेदेखि सुरु हुने सो कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गर्नेछन् । 

अवलोकनकर्ताको लागि दुई स्थान नेपाल प्रहरी क्लबको ब्लु प्याभिलियनको भूमिगत पार्किङ र सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधनको पार्किङको व्यवस्था गरिएको छ  । त्यस्तै प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा पनि उपलव्ध रहेको छ । त्यसैगरी सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणाली को व्यवस्था गरेको नाडाले जनाएको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।