लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

समाचार

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौँ, १४ भदौ : बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्‍याइएको छ । नेपाली सेनाका अनुसार ती उपकरणहरूलाई त्यहाँ खण्ड–खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा लगिनेछ ।

बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ । सेनाले गएराति भोटेकोशीमा बाढी बढेपनि उद्धार प्रयास निरन्तर जारी रहेको उल्लेख गर्दै भर्खरै सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोलिएको (ब्रेक–थ्रु) छ । सुरुङभित्र फसेकाको खोजी तथा उद्धार सुरु गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।