लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन्

स्टुडियो

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन्

न्युज बिहानी
न्युज बिहानी
Shares

काठमाडौं । गायिका जुनु प्रसाईको नयाँ गीत ‘झगडा पर्यो पोइसित’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा गायिका प्रसाईसँगै चर्चित कलाकार प्रकाश सपुतको अभिनय रहेको छ। पूर्वेली लोकलयमा आधारित गीतले आधुनिक प्रस्तुतिसँग लोकसंस्कृतिको स्वादलाई जोडेको छ। मनोरञ्जनसँगै आफ्नो माटो, जन्मभूमि र सांस्कृतिक पहिचानलाई प्रस्तुत गर्ने प्रयास गीत तथा भिडियोमा गरिएको छ।

गीतका शब्द विदुर तिमल्सिना ‘देवदूत’ का हुन् भने संगीत राज सागरले दिएका छन्। गीतको एरेन्जमेन्ट राजन ईशानले गरेका हुन्। गीतको रेकर्डिङ ‘भ्वाइस अफ नेपाल रेकर्डिङ स्टुडियो’मा गरिएको हो।आफ्नो सांस्कृतिक जरा र जन्मभूमिप्रतिको सम्बन्धबारे जुनु प्रसाई भन्छिन्, “हामी जहाँ गए पनि, जहाँ बसे पनि हाम्रो जरा लोकसंस्कृतिमै जोडिएको हुन्छ। हामी जन्मिएको गाउँ, हुर्किएको ठाउँ र त्यहाँको माटोसँग हाम्रो पहिचान जोडिएको हुन्छ। त्यसैले हामीले आफ्नो जन्मभूमि र संस्कृतिलाई सधैं सम्मान गर्नुपर्छ र त्यसप्रतिको माया कहिल्यै गुमाउनु हुँदैन।”

यही सोचलाई आफ्नो सांगीतिक यात्रामार्फत अघि बढाउँदै आएकी प्रसाईले पूर्वी नेपालको लोकसंस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिरहेकी छन्। उनका लागि लोकसंगीत एउटा विधा मात्र नभई माटो, संस्कृति र पहिचानसँग जोडिएको माध्यम हो। भिडियोको निर्देशन तथा निर्माण हरि हुमागाईंले गरेका हुन्। भिडियोमा जुनु प्रसाई र प्रकाश सपुतसँगै अन्य कलाकारको समेत अभिनय रहेको छ। रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् भने मेकअप आर्टिस्ट माही सिंहको योगदान रहेको छ।

भिडियोको छायांकन काठमाडौंको सुन्दर पर्यटकीय क्षेत्र फर्पिङमा गरिएको हो। प्राकृतिक सौन्दर्य र सांस्कृतिक परिवेशलाई भिडियोमा समेटिएकाले यसको दृश्यात्मक पक्ष थप आकर्षक देखिएको छ।शास्त्रीय, सेमी–क्लासिकल, रोमान्टिक, आधुनिक तथा पपलगायत विभिन्न शैलीका गीतमा आफ्नो गायन क्षमता प्रस्तुत गरिसकेकी जुनु पछिल्लो समय पूर्वेली लोक तथा आधुनिक लोकसंगीततर्फ बढी केन्द्रित हुँदै गएकी छन्।

विशेषगरी पूर्वी नेपालको लोकजीवन र सांस्कृतिक सुगन्धलाई नयाँ पुस्तासम्म पुर्‍याउने उनको प्रयासले सांगीतिक यात्रालाई थप फराकिलो बनाएको छ। ‘झगडा पर्यो पोइसित’मार्फत जुनुले एउटा गीत मात्र प्रस्तुत गरेकी छैनन्, आफ्नो माटो, जन्मभूमि र लोकसंस्कृतिप्रतिको प्रेमलाई समेत नयाँ पुस्तासामु पुर्‍याउने प्रयास गरेकी छन्। पूर्वेली लोकभाकालाई आधुनिक पुस्तासँग जोड्ने उनको निरन्तर प्रयासले उनलाई यस क्षेत्रमा थप स्थापित गराउने अपेक्षा गर्न सकिन्छ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।