लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

राजनीति

हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

चापका बीच विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा सन्तुलन बनाइरहेको भन्दै मन्त्री श्रेष्ठले हिउँदमा आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताए ।

न्युज बिहानी
न्युज बिहानी
Shares
हिउँदमा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत प्रणाली बाहिर गएर राष्ट्रिय प्रसारण लाइनमा चाप परेको बताए । चापका बीच विद्युत प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा सन्तुलन बनाइरहेको भन्दै मन्त्री श्रेष्ठले हिउँदमा आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताए । 

'अब जोडिने प्रसारण लाइन के कस्तो छ, अरु ठाउँमा पनि सम्भावित हिसाबले जोखिम छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल भएको छ । तैपनि जाँडो महिनामा पनि अहिलेजस्तै विद्युत आपूर्तिलाई सन्तुलित राख्नमा हामीले वर्कआउटहरु गरिरहेका छौं । आशा गरौ अहिले अब प्रसारण लाइनमा जोडिने लगायत आपूर्ति सन्तुलित हुनेछ,' उनले भने ।  

प्रसारण लाइनबाट बाहिर गएकाले केही असहज हुन्छ कि भनेर चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले त्यसमा वर्कआउट भइरहेको बताए । 'जाडो महिनामा माग धेरै हुँदो रहेछ । खासगरी दुई महिनामा त्यो हुन्छ । त्यसको वर्कआउटहरु भइरहेको छ,' उनले भने ।  मन्त्री श्रेष्ठले नुवाकोटमा बाढीको २४ घण्टाभित्र विद्युत जोडिएको र रसुवामा पनि हालै विद्युतीकरण भएको जानकारी दिँदै अब आउने सुख्खायाममा कसरी व्यवस्थापन गर्ने भनेर प्राविधिक हिसाबले तयारी भइरहेको बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup