लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

१२ वर्षदेखि अड्केकाे हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनकाे काम सकाउन ऊर्जामन्त्री श्रेष्ठकाे सक्रियता, दशैलगत्तै सञ्चालनमा आउने

राजनीति

१२ वर्षदेखि अड्केकाे हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनकाे काम सकाउन ऊर्जामन्त्री श्रेष्ठकाे सक्रियता, दशैलगत्तै सञ्चालनमा आउने

न्युज बिहानी
न्युज बिहानी
Shares
१२ वर्षदेखि अड्केकाे हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनकाे काम सकाउन ऊर्जामन्त्री श्रेष्ठकाे सक्रियता, दशैलगत्तै सञ्चालनमा आउने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौंडा-ढल्केबर ४०० केभी सवस्टेशनकाे निरीक्षण गर्नुभएकाे छ । मन्त्री श्रेष्ठले सवस्टेसनमा निर्माणाधीन हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनका दुईटा मल्टिसर्किट टावरकाे कार्यप्रगति विवरणकाे ब्रिफ्रिङ लिनुभएकाे हाे । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले देशकाे ऊर्जा मेरूदण्डकाे रूपमा रहेकाे टावरकाे काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभयाे ।

करिब १२ वर्षदेखि अड्किएकाे हेटौंडा-ढल्केबर ४०० केभी प्रसारण लाइनकाे काम अगाडि बढाउन मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रक्रिया अगाडि बढाउनुभएकाे थियाे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठले १२ वर्षदेखि अड्किएकाे हेटौडा ढल्केबर प्रसारण लाइनकाे काम मन्त्री श्रेष्ठकाे पहलमा अगाडि बढेर अन्तिम चरणमा पुगेकाे बताउनुभयाे । 
उहाँकाअनुसार हेटौंडा-ढल्केबर प्रसारण लाइनका १६ वटा टावरमध्ये १४ वटा डबल सर्किटकाे टावर निर्माण भइसकेकाे छ । दुईटा मल्टिसर्किट टावर अन्तिम चरणमा छ । 

`१४ वटा टावर तयार भइसक्याे । बाँकी दुइटा टावरकाे कार्यप्रगति राम्राे छ । १०/१५ दिनमै तयार गरेर चार्ज गर्छौं । यसलाई ब्याक बाेनकाे रूपमा लिएका छौं । जसले गर्दा सम्पलाईकाे रिलायबिलिटी एकदमै बढेर जान्छ । खपत पनि बढाउन सक्छौ भने निर्यात पनि बढाउन सक्छौं । दशैलगत्तै चार्ज गर्ने तयारी छ,´ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयाे । 

मन्त्री श्रेष्ठले हेटौडा-ढल्केबर प्रसारण लाइन नेपालकाे ऊर्जाकाे मेरुदण्डकै रूपमा रहेकाे बताउनुभयाे । `यहाँकाे लाइन चितवन हुँदै बुटवल जाने र अर्काेतिर ढल्केबर जाने टावरकाे काम राेकिएकाे थियाे । १६ वटा टावरकाे काम विगत लामाे समय १२ वर्षदेखि राेकिएकाे थियाे । राज्यकाे अर्बौ रूपैयाँ खर्च भएकाे तर के गर्ने भन्ने अन्याेलतामा सबैकाे सतप्रयासले ऐतिहासिक काम पनि भएकाे छ । त्यसले बुटवलकाे लाइन इनरूवा, इनरूवाकाे लाइन बुटवल जानसक्ने ऊर्जाकाे राजमार्ग नै बन्छ । यहाँकाे दुइटा टावरकाे चिन्ता थियाे । सबै टिमकाे सक्रियतामा याे सम्पन्न हुने चरणमा पुगेकाे छ,´ उहाँले भन्नुभयाे । 

मन्त्री श्रेष्ठले याे प्रसारण लाइन बनिसकेपछि नेपालकाे ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय हुने बताउनुभयाे । `याे प्रसारण लाइन चार्ज भइसकेपछि हाम्राे विश्वास के छ भने नेपालकाे ऊर्जा धेरै सन्तुलित हुने र गुणस्तरीय पनि हुने मेरुदण्ड भएकाेले गर्दा हामी टावरकाे कामकाे प्रगति के छ ? अलि अगाडिदेखि नै हेरिरहेका छौं, आज आएर हेर्दा १२ वर्षदेखि अलमल परेकाे प्रसारण लाइनले गति लिएकाे छ । ऊर्जा क्षेत्र अब स्टेबल हुन्छ । अहिले तीन सय मेगावाट क्षमता छ भने यहाँबाट ढल्केवर गइरहेकाे हाे । याे बनिसकेपछि दुई हजार मेगावाट क्षमतामा विद्युत प्रवाह हुन्छ । याे चानचुने उपलब्धि हाेइन,´ उहाँले भन्नुभयाे । 


मन्त्री श्रेष्ठले हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने र यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न अन्तर्देशीय विद्युत व्यापार र वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिन समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । आयोजना सम्पन्न हुँदा राष्ट्रिय ग्रिडको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना पनि थप विस्तार हुने उहाँकाे भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup