लोड हुँदै...
लोड हुँदै...
stc
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बाढीले सेनाको ब्यारेकमा क्षति

समाचार

बाढीले सेनाको ब्यारेकमा क्षति

बाढीले सेनाको हातहतियारबाहेक लत्ताकपडा र अन्य सामग्री बगाएको छ । मङ्गलबार प्रहरीले घटनास्थल पुगी क्षतिको विवरण सङ्कलन गरेको थियो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
बाढीले सेनाको ब्यारेकमा क्षति

गण्डकी, १३ साउनः सुपरसेती जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका नेपाली सेनाको ब्यारेकमा क्षति पुगेको छ । केही दिनअघिको वर्षापछि सेती नदीमा आएको बाढीले कास्कीको माछापुच्छ«े गाउँपालिका–१ मा निर्माणाधीन ब्यारेकमा क्षति पुगेको हो । प्रिफ्याब र जस्ता प्रयोग गरेर बनाइएको ब्यारेकका तीन कोठा पूर्ण रूपमा क्षति भएको सार्दीखोला प्रहरी चौकीका वरिष्ठ हवल्दार टीकाराम गुरुङले जानकारी दिनुभयो ।

बाढीले सेनाको हातहतियारबाहेक लत्ताकपडा र अन्य सामग्री बगाएको छ । मङ्गलबार प्रहरीले घटनास्थल पुगी क्षतिको विवरण सङ्कलन गरेको थियो । भौगोलिक रूपमा टाढा र विकट रहेकाले घटनाबारे ढिला गरी खबर प्राप्त भएको हवल्दार गुरुङले बताउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Made with by Yubraj Pandeya